वीरेन्द्रनगरमा मंगल दृष्टि आँखा उपचार केन्द्र संचालन


सुर्खेत
सुर्खेतको बीरेन्द्रनगरमा आँखा रोगीहरुलाई विशेषज्ञ सेवा दिने उदेश्यसहित आँखा उपचार केन्द्र संचालनमा आएको छ ।
बीरेन्द्रनगर -८, को खजुराचोकमा संचालनमा ल्याएको मंगल दृष्टि आँखा उपचार केन्द्रमा आँखा रोग विशेषज्ञ डा. शक्ति सुवेदीले आँखाको उपचार गर्नेछन् ।
डा. सुवेदी आँखाका अव्बल चिकित्सकको रुपमा परिचित छन् ।


डा. सुवेदी आफैले ल्याएको आँखा उपचार केन्द्र आज अर्थात २०८१ साल बैसाख १ गतेबाट संचालनमा आएको छ । उचार केन्द्र संचालनमा आएपछि आँखाको समस्या भएका मानिसहरुले छिटो, छरितो र भरपर्दो सेवा पाउनेछन् ।


प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख समेत रहेका डा. सुवेदी प्रदेश अस्पताल सुर्खेतमा कार्यरत छन् ।केन्द्रले जुनसुकै समयमा पनि सेवा दिने जनाएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया