दैलेखमा पेट्रोलियम अन्वेषणअन्तर्गत ड्रिलिङको ४० प्रतिशत काम सकियो

सुर्खेत ।  दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ड्रिलिङको ४० प्रतिशत काम सकिएको छ ।

चार महिनामा सक्ने गरी गत जेठदेखि ड्रिलिङको काम सुरु गरिएको थियो । वर्षौंदेखि ज्वाला बलिरहेका यी स्थानमा पेट्रोलियम पदार्थ भएको अनुसन्धानले देखिएपछि अन्वेषण थालिएको हो ।

हाल चिनियाँ र नेपाली टोली ३ महिनादेखि २ चरणमा काम गर्दै आएका छन् । ४ हजार मिटर गहिराइसम्म ड्रिलिङ गर्नु पर्नेमा हालसम्म १ हजा ६ सय ६६ मिटर ड्रिलिङ भइसकेको खानी तथा भूगर्भ विभागका सिनियर डिभिजन भूगर्भविद् सुरेश श्रेष्ठले बताए ।

‘पेट्रोलियम पदार्थ हुनका लागि तय गरेका आवश्यक मापदण्ड अन्तर्गतका संकेतहरु सफलतापूर्वक प्राप्त भइरहेको छ,’ उनले भने  ।

चीन सरकारको २ अर्ब ५० करोड रुपैयाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण भइरहेको हो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया