सुर्खेत । कालीकोटमा पहिराेले कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ। बुधबार रातिको अविरल वर्षाले कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएर सडक पूर्ण रुपमा अवरुद्ध भएको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले बताए ।
कर्णाली राजमार्गमा निरन्तर पहिरो खस्दा आवागमनमा कठिनाइ भएको छ। भदाै २७ देखि २९ गते बिहानसम्म देशका पश्चिमी भागमा भारी वर्षा हुने सम्भावना भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गरे अनुसार, सडक डिभिजन कार्यालयले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको हाे ।
लगातार भारी वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन्।
राराखबर । २०८१, २७ भाद्र बिहीबार