सुर्खेत । कर्णाली प्रदेश सरकारले बाढीपहिरो र डुबान प्रभावित नागरिकको सहायताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले काठमाडौं उपत्यकालगायतका देशका विभिन्न स्थानमा बाढीपहिराेबाट भएकाे जनधनकाे क्षतिप्रति दु:ख व्यक्त गर्दै आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको हो ।
लगातारको तिनदिनकाे वर्षाले मध्य र पूर्वी नेपाल बढी प्रभावित बनेको छ । मंगलबार अपराह्नसम्म बाढीपहिरो र डुबानमा परी २१९ जनाको मृत्यु र २७ जना अझै बेपत्ता छन् ।
यस्तै, बैठकले कर्णाली प्रदेशसभाकाे चालु अधिवेशन १५ असोज राति १२ बजेबाट अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सन्तोष भण्डारी । २०८१, १५ आश्विन मंगलवार