पाठेघर क्यान्सरले थला कस्ले गर्ला, सहयोग ?

सुर्खेत, १२ माघ ।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१६ पदमपुरकी नन्दकला विश्वकर्मा उपचार खर्चको अभावमा पाठेघर क्यान्सरले घरमै थालिनु भएको छ ।
उपचारका लागि खर्च नभएपछि २ वर्षदेखि नन्दकला घरमै थालिनु भएको हो ।
श्रीमानले २१ वर्ष पहिले अर्की श्रीमति लिएर घर छोडेपछि उहाँ अहिले छोरीको घरमा बस्दै आउनु भएको छ ।
उहाँले अहिलेसम्म उपचारका लागि करिव २ लाख ५० हजार रुपैयाँ खर्च गरिसक्नु भएको छ ।
छोरी माया सुनारले उपचारका लागि सहकारी समुहबाट ऋण झिकेर भरतपुर क्यान्सर अस्पतालमा लिएपनि आर्थिक अभावका कारण पूर्णरुपमा उपचार हुन नसकेको बताउनु भयो
‘किमू चढाउन ४÷५ लाख खर्च लाग्दो रहेछ, त्यति ठूलो रकम कहाँ बाट पाउनु आमालाई फिर्ता लिएर आए’, मायाले भन्नुभयो ।
उपचारको सहयोगका लागि आफन्तसँग हारगुहार गरेकी मायाले कतैबाट सहयोग नपाएको गुनासो गर्नुभयो ।
उहाँले आमाको उपचारको लागि सहयोग गर्न समेत सवैलाई आग्रह गनु भएको छ ।
यसैवीच नन्दकलाको उपचारका लागि वीरेन्द्रनगर–८ का प्रेमप्रकाश खड्काले बुधबार पाँच हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।
उपचारको लागि सहयोग गर्न चाहाने व्यक्तिहरुले मोवाइल नम्बर ९८६८२६६५७८ मा सम्पर्क गर्न समेत छोरी मायाका अनुरोध गर्नु भएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया