यू-१९ क्रिकेट

कर्णालीमा यू-१९ क्रिकेट छनोट प्रतियोगिताको उद्घाटन

सुर्खेत। १९ वर्षमुनीको क्रिकेट छनोट प्रतियोगिता वीरेन्द्रनगर स्थित कालिन्चोक क्रिकेट मैदानमा आजदेखि सुरु भएको छ। कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले खेल उद्घाटन गर्दै शुभारम्भ गरेका थिए ।

मन्त्री भण्डारीले उद्घाटनका क्रममा खेल पूर्वाधार निर्माणमा नियमित सक्रिय रहेको बताए । खोला किनारमा गरिने खेल अभ्यासले कर्णालीका खेलाडीको चाहना प्रकट गरेको बताउँदै त्यसअनुसार खेल पूर्वाधार बनाउनेतर्फ सरकार अगाडि बढिरहेको बताए ।

उपलब्ध खेल मैदानलाई अन्तर्राष्ट्रियस्तरको मापदण्ड अनुसार बनाउन समन्यवकारी भूमिकामा आफू रहेको मन्त्री भण्डारीको दाबी छ ।

प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र सञ्ज्यालले क्रिकेटको विकासका लागि आवश्यक पूर्वाधार निर्माणका लागि तयारी धमाधम निर्माण भइरहेको बताए । आसन्न दशौँ राष्ट्रिय खेलकुदलाई लक्षित गरी कर्णालीमा पूर्वाधारसँगै खेलकुद गतिविधिमा बढवा दिइएको उनले बताए ।

नेपाल क्रिक्रेट संघ कर्णाली प्रदेश अध्यक्ष पदम खड्काले सरकारलाई धन्यवाद ज्ञापन गरे। खेलकूदको विकास एकल प्रयासबाट सम्भव नहुने भन्दै सबैको सहकार्यका लागि आग्रह गरे। उद्घाटनको पहिलो खेल रुकुम पश्चिम र सुर्खेतबीच उद्घाटन खेल सुरु भएको छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया