कालीकोटको तिलागुफा-४ मा नेमकिपाका उम्मेदवार शाही विजयी

सुर्खेत । कालीकोटको तिलागुफा-४ को वडाध्यक्षमा नेमकिपाका खडकराज शाही विजयी भएका छन् ।

उनले माओवादी केन्द्रकी नैशोभा शाहीलाई २८ मतान्तरले पराजित गरेका हुन् । २०७४ मा पनि वडाध्यक्ष जितेका खडक नेमकिपा जिल्ला अध्यक्षसमेत हुन् ।

विजयी भएका खड्कले १ सय ४३ मत पाए भने माओवादीबाट चुनाव लडेकी तत्कालीन वडाध्यक्ष परबहादुर शाहीकी पत्नी नैशोभाले १ सय १५ मत पाइन् ।

एमालेका ऐनबहादुर शाहीले ७८, नेपाली कांग्रेसका पैलबहादुर शाहीले ४९ मत पाए भने राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले समान १५/१५ मत मात्र पाए । ४ मत बदर भए । राप्रपा र रास्वपाका उम्मेदवारको जमानत जफत भएको छ ।

रास्वपाका उम्मेदवारले ५ मत मात्र पाएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया