सुर्खेत
स्तरीय प्राविधिक शिक्षा दिने लक्ष्यसहित सुर्खेतको वीरेन्द्रनगरमा नयाँ सेवा र सुविधासहित चन्दननाथ प्राविधिक शिक्षालय संचालनमा आएको छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) बाट सम्बन्धन लिएको शिक्षालयमा सामान्य चिकित्सा (HA), मेडिकल ल्याव टेक्नोलोजी (CMLT) र डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङ्ग (IT) का तीन बर्षे कोर्षहरु पढाइने छ ।
शिक्षालयका संचालक सुवास अधिकारीले सामान्य चिकित्सा (HA) मा ४०, मेडिकल ल्याव टेक्नोलोजी (CMLT) ३० र डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङ्ग (IT) ४८ वटा कोटाहरु रहेको बताए ।
उनका अनुसार शिक्षालयमा अनुभवी प्रशिक्षक र गुणस्तरीय प्रयोगशाला, जेहेन्दार विधार्थीलाई छात्रवृत्तिको सुविधा, आइटी कम्पनीहरुमा इन्टनसिपको व्यवस्था गरिएको छ ।
यस्तै एचएका विधार्थीको लागि इन्टनसिप (ओजेटी) गर्न कर्णाली केयर अस्पतालसँग सम्झैता गरिएको छ भने स्वास्थ्य र आइटी तहमा रोजगारी गर्न सक्ने जनशक्ति तयार पार्ने शिक्षालयको लक्ष्य रहेको संचालक अधिकारीको भनाई छ ।
बीरेन्द्ननगर नगरपालिका -३, मा रहेको शिक्षालयमा पढन इच्छुक एसइई पास विधार्थीहरुले यही साउन २६ गतेभित्र अनलाईन फरम भरी सक्नु पर्नेछ ।
अरु भन्दा नयाँ र फरक किसिमले स्तरीय शिक्षा दिने लक्ष्यसहित चन्दननाथ प्राविधिक शिक्षालय संचालनमा ल्याइएको छ ।
राराखबर । २०८२, १५ श्रावण बिहीबार