विद्यार्थीको रकम शिक्षकलाई

imagesजाजरकोट ८, असार
दीपेन्द्र माध्यामिक विद्यालय ढिमे ९ घरंङ्गमा १० कक्षामा अध्ययनरत छात्रा रविना हमालले ५ बर्ष देखि छात्रबृत्ति र पाठ्यपुस्तकको रकम पाएकी छ्रैनन् । ६ कक्षा देखी विद्यालयमा पढिरहेकी उनले अहिलेसम्म पाठ्यपुस्तक र छात्रबृत्ती रकम नपाएको गुनासो गरेकी छन ।
छात्रा छात्रबृत्ति र पाठ्यपुस्तकको रकम नपाउने उनी मात्र एक्ली छात्रा होईनन् । सोही विद्यालयमा ९ कक्षामा अध्ययनरत छात्रा निर्मला शाहीले पनि ४ बर्ष देखि पाठ्यपुस्तक र छात्रबृत्ति रकम पाएकी छैनन् । दुई जना छात्रा मात्र होईन विद्यालयमा अध्ययनरत अरु विद्यार्थीले पनि बषौं देखि छात्रबृत्ति र पाठ्यपुस्तकको रकम नपाएको गुनासो गरेका छन ।
त्यस्तै सरस्वति माध्यामिक विद्यालय पैक ८ रिजापहाडामा ८ कक्षामा अध्ययनरत हिमा आरसीले पनि ३ बर्ष देखि छात्रबृत्ती नपाएको गुनासो गरिन । निजी स्रोतमा राखिएका शिक्षकलाई तलब खुवाउन भन्दै हेडसरले बुझेको भरपाईमा सहीछाप गराउनु हुन्छ तर रकम दिनुहुदैन हिमाले भनिन । उनी मात्र होईन विद्यालयका अरु विद्यार्थीले लामो समय देखी छात्रबृत्ति र पाठ्यपुस्तकको रकम पाएका छैनन् ।
सरकारले १ देखी ८ कक्षा सम्मका हरेक छात्रा र दलित बर्गका विद्यार्थीलाई प्रतिविद्यार्थी ४ सय तथा ९ र १० कक्षाका सवै छात्रा र सवै दलित विद्यार्थीलाई ५ सयका दरले छात्रबृत्ती दिदै आएको छ । गरीव तथा जेहेन्दार विद्यार्थीलाई एक हजार ७ सयका दरले माध्यामिक छात्रबृत्ति दिने ब्यवस्था छ । त्यसैगरी १ देखी १० कक्षा सम्मका सवै विद्यार्थीलाई निशुल्क पाठयपुस्तक प्रदान गर्नको लागि आवश्यक रकम विद्यालय मार्फत दिने गरिएको छ । तर जाजरकोटका यी दुई विद्यालयका करीब एक हजार विद्यार्थीले छात्रबृत्ति बाफतको रकम पाएका छैनन् ।
अभिभावकको सहमति लिएर छात्रबृत्ति र पाठ्यपुस्तकको रकम निजी स्रोतमा राखिएका शिक्षक कर्मचारीलाई तलब खुवाउन प्रयोग गरिएको विद्यालयले जनाएका छन् । दीपेन्द्र माविका प्रधानाध्यापक शुरेश आरसीले ३ वटा प्राथमिक र २ वटा निमावि राहत कोटाको भरमा १० कक्षा सम्म संचालन गर्नु परेकोले समस्या आएको बताए । नीजि स्रोतमा राखिएका ५ जना शिक्षकलाई मासिक ५५ हजार खुवाउनु पर्ने अवस्था रहेको उनले वताए
जिल्ला शिक्षा कार्यालयले सो विद्यालयमा यस बर्ष पाठ्यपुस्तकमा १ लाख ६७ हजार ४० रुपैया र छात्रबृत्तिमा ७२ हजार २ सय रुपैया निकासा भएको जनाएको छ ।
सरस्वति माविका प्रधानाध्यापक केशव आरसीले पाठ्यपुस्तक र छात्रबृति रकम दुरुपयोग नगरेको दावी गरेका छन् । उनले भने जुन शिर्षकमा जिल्ला शिक्षाबाट रकम आएको हो त्यही शिर्षकमा रकम खर्च गरिएको छ । विद्यालयमा पाठ्यपुस्तकमा १ लाख २७ हजार ३ सय ३४ र छात्रबृत्तिमा ७५ हजार दुई सय रुपैया निकासा गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
विद्यालय निरीक्षक यज्ञश्वर खत्री कुनै पनि बहानामा पाठ्यपुस्तक र छात्रबृत्तिको रकम अन्य काममा खर्च गर्न नमिल्ने वताए । यस्तै जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले छात्रबृत्ति र पाठ्यपुस्तकको रकम नवाँडेको पाईए कारवाही गर्ने चेतावनी दिएका छन ।




फेसबुकबाट तपाईको प्रतिक्रिया