वाह्य लेखापरीक्षण सम्बन्धी सूचना

प्रस्तुत विषयमा यस संस्थाले आर्थिक वर्ष २०७२।०७३ मा विभिन्न साझेदार संस्था र आन्तरिक तर्फबाट भएका विभिन्न कार्यक्रमहरुमा भएको आर्थिक कारोवारोको मान्यता प्राप्त लेखा परिक्षकबाट वाह्य लेखा परिक्षण गराउनुपर्ने भएकाले तपसिलका शर्तहरुको आधारमा योग्यता भएका व्यक्ति वा फर्महरुबाट निवेदन आव्हान गरिन्छ ।
तपशिल
१) लेखा परिक्षण गर्ने व्यक्ति वा फर्म चार्टर्ड एकाउण्टेण्ट (रजिष्टर्ड लेखा परिक्षक भए कम्तीमा ख वर्ग) हुनुपर्ने एवं सम्बन्धित मान्यता प्राप्त निकायमा दर्ता भएको हुनुपर्नेछ ।
२) लेखा परिक्षण गर्ने व्यक्ति वा फर्म वार्षिक रुपमा नविकरण भई नियमानुसार कर तिरेको हुनुपर्नेछ ।
३) लेखा परिक्षकले लेखा परिक्षण कार्य सम्पन्न गरी मिति २०७३।४।७ गतेभित्र व्यवस्थापन तथा आर्थिक प्रतिवेदन पेश गर्नुपर्नेछ ।
४) निवेदकले आफ्ना कागजातहरु समेत संलग्न राखी यही मिति २०७३।३।१७ गते दिनको ३ः०० बजेसम्म संस्थामा बुझाइ सक्नुपर्नेछ ।
५) पारिश्रमिकका हकमा दोहोरो सहमतिका आधारमा गरिनेछ ।
६) रीतपूर्वक नआएका वा म्यादभित्र नआएका निवेदन उपर कुनै कारवाही गरिने छैन ।
थप आवश्यक जानकारीका लागि कार्यालय समयमा संस्थामा सम्पर्क गर्नुहोला ।

समाज जागरण केन्द्र (स्याक) नेपाल

वीरेन्द्रनगर, सुर्खेत
फोन नं. ०८३-५२१२८२ र ५२४९२०




फेसबुकबाट तपाईको प्रतिक्रिया