बद्री पन्त
जाजरकोट ११,असार
राष्ट्रिय गौरवको नलसिंहगाड जलविद्युत आयोजना निर्माणको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) को काम शुरु भएको छ ।
३० महिना भित्रमा आयोजनाको डिपीआर तयार गर्ने गरी काम अगाडी बढेको हो ।
आयोजनाको संभाब्यता अध्ययन पुरा भएपछि यो बर्षदेखि डिपीआर (विस्तृत आयोजना प्रतिवेदन) कार्यको शुरु भएको हो ।
डिपीआर निर्माणका लागि अन्र्तराष्ट्रिय परामर्शदाता कम्पनी स्मेक अष्टे«लियन, एमडब्लुएच अमेरिकन र उदय कम्सल्ट नेपालको जेभीस“ग सम्झौता भएको आयोजनाले जनाएको छ ।
३० महिना भित्रै डिपीआरको काम सम्पन्न गर्नु पर्ने सो समय भित्र काम पुरा नभए थप ६ महिना समय दिइने आयोजनाका डिभिजिनल इन्जिनिएर नरेशसिंह भण्डारीले जनाए ।
आयोजनाको जल विज्ञान मापन आकलन, भुकुम्प सर्भे, भौगर्भिक सर्भे, कोर ड्रिलिं¨, पावर अटिमाईजेसन, फिल्ड सर्भे लगाएत संभाब्यता अध्ययनको काम डिपिआरमा हुने भण्डारी बताए ।
छनौट भएका परामर्शदाताले नै आयोजनाको संभाब्यता अध्ययनलाई परिमार्जन गरी विद्युत उत्पादन तथा प्रसारणलाईनको वातावरणीय प्रभाव मुल्यांकनको कार्य गर्ने छ ।
डिपिआर निर्माणका लागि १ अरव ११ करोड लागत लाग्ने बताए पनि परामर्शदाताले ९४ करोडमा घटेर कामको जिम्मा लगेका छन् ।
४ सय १० मेघावाट विद्युत उत्पादन क्षमता भएको यो आयोजनाको डिपिआर सकिए पनि निर्माणको काम अगाडी बढ्ने भण्डारीले जनाए
यस आयोजनाको सन् १९९१ देखि २००१ सम्म जलासय आयोजना पहिचान तथा संभाव्यता अध्ययन भएको थियो ।
यस आयोजनाको २५ वर्ष पछि डिपिआर हुन लागे पछि जाजरकोटबासी हर्षित भएका छन् ।
यो आयोजना वाताबरण मैत्री, डुवान क्षेत्र कम पुरिने, जलाशयको आयुद्वीगो रहने, खेतीयोग्य जमिनको न्युन क्षेती हुने, विस्थापन कम हुने र भौगर्भिक अवस्था मजबुत मानिएको छ ।
आयोजना निर्माणको क्रममा ६ हजार रोपनी जमिन र १ सय ५० घरपरिवारका ८ सय स्थानीय वासिन्दा प्रभावित हुने बताइएको छ ।
डिपिआर निर्माणको टोली शुक्रबार नै जाजरकोट आइपुगेको छ ।
सक्लाको अधेरीखोला जहाँ बन्दै छ २ सय मिटर अग्लो ड्याम र डुवान क्षेत्र सेपुखोला । तस्वीरः बद्री पन्त
राराखबर । २०७३, ११ असार शनिबार