सुर्खेत, २१ साउन ।
माइतीको देश तीज गीतको भिडियोले युट्युवमा अपलाेड गरिएकाे छाेटाे समयमै बढी हेरिएको तीज गीतकाे नयाँ रेर्कड कायम गरेको छ ।
सुर्खेतका कलाकार हरि विष्टको तीज गीत यूट्युवमा अपलोड गरेको २४ घण्टाभित्रै करिव ४५ हजार दर्शकले हेरेपछि यसले नयाँ रेर्कड वनाएको हाे ।
अन्य गीतहरू यूट्यूबमा अपलाेड गरिएकाे २४ घन्टाभित्र ३० हजारभन्दा माथि दर्शकले हेरेको रेर्कड अहिलेसम्म छैन ।
तर माइतीको देश तीज गीतले अहिलेसम्मका सवै रेकर्डहरु तोडदै २४ घण्टाभित्रै करिव ४५ हजार दर्शकले हेरेको भनेर नाम कमाउन सफल भएको छ ।
माइतीको देश नामक तीज गीत यूट्युवमा सर्वाधिक दर्शकले हरेपछि अहिले चर्चाको शिखरमा पुगको छ ।
सामाजिक संजालमा अहिले माइतीको देश गीतकै चर्चा र परिचर्चा सुरु भएको छ ।
सम्झना माइतीको भाग २ मा समावेश रहेको माइतीको देश बोलको गीत बुधबार बेलुका ६ बजेतिर अपलोड गरिएको थियो ।
सुर्खेती कलाकार विष्टले आफनै यूट्यूब च्यानल गंगामाला फिल्म्समा मार्फत अपलोड गर्नु भएको थियो ।
धेरै दर्शकले गीत हेरेपछि कलाकार विष्टले नेपाली मौलिकतालाई नै सबैले मन पराउने गरेको बताउनु भयो ।
गीतमा गायिका देवी घर्र्ती र टीका पुन, निर्देशक शंकर विसी, मोडल दिपासा बिसी, रश्मी तामाङ लगायत प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरेको विष्टले जानकारी दिनुभयो ।
गीतकार तथा संगीतकार हरि विष्टका यसअघि तीज लगायत विभिन्न गीतहरु बजारमा आइसकेका छन ।
राराखबर । २०७३, २१ श्रावण शुक्रबार