व्यवसायीको दादागिरी मनपरी भाडा असुल्न नपाउँदा यातायात वन्द, प्रहरी प्रशासन मूकदर्शक

सुर्खेत, २२ साउन ।
imagesमनपरी रुपमा भाडा असुल्न नपाएको विरोधमा जाजरकोटवाट यातायात सेवा संचालन गदै आएका यातायात व्यवसायीले दादागिरी प्रर्दशन गरिरहेका छन ।
यही साउन ४ गते यातायात व्यवस्था बिभागले जाजरकोटको लागि चल्ने यातायातको नयाँ भाडादर कायम गरेपछि त्यसको विरोध गदै यातायात व्यवसायीले यातायात सेवा नै वन्द गरेर दादागिरी प्रर्दशन गदै आएका छन ।
आफुखुशी भाडा लिदै आएका यातायात व्यवसायी सरकारले निर्धारण गरेको भाडादरको विरोधमा उर्तिएका हुन ।
यात्रुहरुवाट मनपरी रुपमा भाडा लिदै आएका उनीहरुले भाडा घटाएको विरोधमा यातायात सेवा वन्द गदै आफुहरुलाई दुख दिइएको सर्वसाधारणले वताएका छन
जाजरकोट जिल्लामा यातायात सेवा संचालन गदै आएका अनेक नामधारी यातायात व्यवसायी समितिको दादागिरीले गर्दा ४ दिनयाता यातायात सेवा वन्द भएको छ ।
कानुन विपरीत हुदै आएको यातायात वन्द गर्नेलाई कडा कारवाही गर्ने दावी गदै आएको प्रहरी प्रशासन भने व्यवसायीको दादागिरीमाथि मूकदर्शक बनेर टुलुटुलु हेरिरहेको आरोप सर्वसाधारणले लगाएका छन ।
कानुनको कार्यान्वयन गर्ने निकाय नै लाचार भएपछि यात्रुहरु र सर्वसाधारण यातायात व्यवसायीको दादागिरी सहन बाध्य भइरहेका छन ।
यातायात व्यवासयीले छिन्चु– जाजरकोट सडक खण्डमा नीजि सवारी साधन समेत चल्न रोक लगाएका छन ।
बन्दकर्ताले नीजि सवारी साधन चल्न अवरोध गर्दा पनि नजिकै रहेको प्रहरी मुखदर्शक वन्ने गरेको गुनासो छ ।
यातायात व्यवस्था विभागले जाजरकोटदेखि सल्लीबजारको लागि १ सय ८६, जाजरकोट देखि नेपालगन्जको लागि ४ सय ६४ र जाजरकोट देखि काठमाडौंको लागि एक हजार ३ सय ६६ रुपैयाँ नयाँ भाडा कायम गरेको छ ।
यसअघि व्यवसायीले जाजरकोट देखि नेपालगन्ज १ हजार र जाजरकोट देखि काठमाडौं १८०० देखि २५०० सम्म भाडा लिदै आएका थिए ।
नँया भाडा निर्धारणले आफुहरु मर्कामा परेको भन्दै भाडादर समायोजन नगरेसम्म यातायात सन्चालन नगर्ने यातायात व्यवसायीले चेतावनी दिएका छन ।
बन्दको कारण जाजरकोट देखि सल्लीबजार, सुर्खेत, नेपालगन्ज ,काठमाडौंसम्म आवतजावत गर्ने यात्रुहरु मर्कामा परेका छन ।
विभिन्न यातायात व्यवसायी समितिहरुले भने आफुहरुले नभई समितिमा आवद्ध व्यवासयीले गाडी चलाउन नमानेको कारण यातायात सेवा वन्द भएको दावी गरेका छन ।
जाजरकोटमा भेरीगंगा यातायात,भेरीराप्ती यातायात, मध्यपश्चिम यातायात समितिहरुमा आवद्ध यातायात व्यवासयीले बसहरु सञ्चालन गदै आइरहेका छन  ।
यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी वहादुरजंग मल्लले कानुन हातमा लिनेहरुमाथी प्रहरीले कडा कारवाही गर्ने वताउनु भयो ।
यातायात व्यवसायीले नै गाडीहरु नचलाएको कारण यातायात सेवा संचालन हुन नसकेको उल्लेख गदै उहाँले नीजि सवारी साधान रोक्नेमाथी कारवाही गर्ने दावी गर्नुभयो ।
डिएसपी मल्ले यस्तो दावी गरेपनि यातायात व्यवासयीले भने प्रहरीकै अगाडी नीजि सवारी साधान चल्न नदिएको सर्वसाधारणले गुनासो गरेका छन ।
यातायात व्यवस्था विभागले भोली आइतवार नेपालगंजमा संवादको लागि व्यवासायीहरुलाई वोलाएकोले निकास निस्कने वताएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया