चोला बदल्दै मध्यपश्चिम क्षेत्रीय अस्पताल, छैठौ प्रदेशको केन्द्रिय अस्पताल बन्दै

प्रकाश पन्त
सुर्खेत, २ भदौ ।
पछिल्लो समय मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतले गति लिन थालेको छ । स्थापना भएको एक दशकपछि अस्पतालले आफनो मुहार फेर्न लागेको हो ।
स्थापनाको १० वर्षसम्म नाम मात्रकै क्षेत्रीय अस्पतालको रुपमा चलेको अस्पताल अहिले साँच्चिकैको क्षेत्रीय अस्पतालको रुपमा विकास हुँदै गएको छ । नयाँ अस्पताल विकास समिति र नयाँ मेडिकल सुपरिटेन्डेन्टको आगमनसगै अस्पतालको रुप रंग फेरिदै गएको सवैले अनुभव गरेका छन ।
p 11केहीसमय अघिसम्म अस्पतालको शौचालयमा नाक थुनेर जानुपर्ने अवस्था थियो । सरसफाईको अवस्था झन दयनीय थियो । अस्पतालभित्र पस्न वित्तिकै विरामी पर्ने अवस्था थियो । तर अहिले अवस्था निकै फेरिएको छ । प्रत्येक कोठमा टायल हलिएको छ । शौचालय सफा छ । पानीको पर्याप्त व्यवस्था छ । यो सवै कसरी सम्भव भयो भन्ने प्रश्नमा अस्पताल विकास समितिका सदस्य पूर्णप्रसाद पौडेल भन्नुहुन्छ, इच्छाशक्ति भयो भने काम गर्न गाह्रो छैन । हामी काम गर्न आएका हौ । आफनो कार्यकालमा अस्पताल गर्व गर्न लायक बनाउछौ
१० महिनादेखि अस्पतालमा कार्यरत डेन्टल सर्जन डा. पूर्णप्रसाद शर्माले पहिले र अहिलेको अस्पतालको स्वरुपमा आकाश पातालको फरक आएको वताउनु भयो ।
अस्पतालमा चौतफी सुधार आएपछि काम गर्ने जोश जागर र उत्साह पनि वढेको उहाँले उल्लेख गर्नूभयो ।
अस्पतालको सुधार शौचालयवाट सरसफाई अभियान थालिएको हो । अहिले त्यसलाई निरन्तरता दिएको छ । अस्पतालको वातावरण देख्न वित्तिकै विरामीको विराम पनि केही हल्का हुनुपर्छ भन्ने मान्यता हाम्रो हो, सदस्य पौडेलले भन्नुभयो ।
क्षेत्रीय अस्पतालको नयाँ नेतृत्वले अस्पतालको अवस्था सुधार्नको रातदिन काम गरिरहेको जनाएको छ ।
नयाँ नेतृत्वले पुरानो भवनको मर्मत सम्भार, नयाँ भवनमा ओपीडि सेवा संचालन गरेको छ ।
५० वेडमा संचालन भैइरहेको अस्पताललाई अहिले ७५ वेड थपेर १ सय २५ वेडको वनाइएको छ ।
अस्पतालमा सिसीक्यामरा जडान गरिएको छ । पानीको अभाव हटाउदै वोरिङ्ग गरेर पानीको पर्याप्त व्यवस्था गरिएको छ । अस्पताल विकास समितिले आफनै स्रोतमा ३ जना विशेषज्ञ डाक्टर राखेको छ । फिजिसियन, वालरोग र हाड तथा नसारोग विशेषज्ञ राखिएको समितिका सदस्य पौडेलले जानकारी दिनुभयो ।
यस्तै अहिले ४० शैयाको मेटेनरी वार्ड (सुत्केरी भएपछि सुत्केरीलाई राख्ने ठाउँ) र ३५ शैयाको जनरल वार्डको निर्माण भैइरहेको छ ।
महिला, वालवालिका र नवजात शिशुको स्वास्थ्यप्रति अस्पताल निकै गम्भीरकोले मेटेनरी वार्डको विस्तार गरिएको बताएको छ ।
अस्पतालले सुत्केरी भएपछि महिलालाई सरसफाई, खानपान, खोप आदिका वारेमा जानकारी दिने गर्छ ।
मेटेनरी वार्ड अस्पताल विकास समितिको आन्तरिक स्रोतवाट निर्माण थालिएको छ । जसको लागत ४२ लाख ४१ हजार र सरकारी सहयोगमा वन्न थालेको र जनरल वार्डको लागत ४८ लाख ८१ हजार रहेको बताएको छ ।
अस्पताललाई क्षेत्रीय अस्पतालकै रुपमा विकास गर्नको लागि थप ३ सय ५० शैयाको लागि नयाँ भवन वनाउने प्रक्रिया समेत अघि वढेको छ ।
नयाँ भवन निर्माणको लागि टेन्डर प्रक्रिया सुरु भएको छ । वर्षदिन यता भएका यी सवै परिवर्तन वर्षदिन अघि र वर्षदिनपछि अस्पतालमा जाने जो कोहीले सजिलै अनुभव गर्न सक्छ ।
अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. डम्बर खड्काले चाहेपछि काम गर्न सकिने भएकोले काम गर्ने भावनाले गर्दा अस्पतालको स्वरुप फेरिएको बताउनु भयो ।
क्षेत्रीय अस्पतालकै रुपमा विकास गराउन आफूहरुको टिम लागेको दावी गर्दै उहाँले आवश्यक उपकरण, स्रोतसाधनहरु र जनशक्ति थप्न क्रियाशील रहेको उल्लेख गर्नुभयो ।
अस्पतालमा आइसियू, एनआइसीयू सेवा संचालन गर्ने योजना छ । यस्तै सिटीस्क्यान मेसिन जडान गर्ने, अल्ट्रासाउण्ड मेसिन, अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया पनि अघि वढि सकेको जानकारी मेसु डा. खड्काले दिनुभयो
शैया बढेमा र नयाँ भवन बनेमा मेडिकल कलेज पनि संचालन गर्न सकिने पूर्वाधार हुने दावी डा. खड्काले गर्नुभयो ।
p 22अस्पतालका आगामी योजनाहरु
अस्पताललाई थप प्रभावकारी र व्यवस्थीत गर्नको लागि आवश्यक स्रोत साधनको खोजी गर्ने काममा समिति लागेको छ ।
अव आइसियू, एनआइसीयू सेवा संचालन गर्ने योजना छ । यस्तै सिटीस्क्यान मेसिन जडान गर्ने, अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया पनि अघि वढि सकेको छ भने नयाँ एम्वुलेन्स ल्याउनको लागि पनि निर्णय भैइरहेको छ ।
अस्पतालमा काम गर्ने कर्मचारीलाई व्यवस्थीत गर्ने उदेश्यले कर्मचारी नियमावली वनाएर स्वीकृतिको लागि स्वास्थ्य मन्त्रालयमा पेश गरिएको छ ।
कर्मचारी नियमावली स्वीकृत भए समितिको तर्फवाट राखिएका कर्मचारीलाई व्यवस्थीत गर्न सकिने समितिको योजना छ ।
मध्यपश्चिम क्षेत्रीय अस्पताललाई अव छैठौ प्रदेशको केन्द्रीय अस्पतालको रुपमा विकास गर्ने योजना रहेको छ ।
यस्तै सरकारले प्रदेशिक रुपमा स्थापना गर्न लागेको मेडिकल कलेजलाई पनि अस्पतालसगँ समायोजन गरेर लैजाने योजना समितिले वनाएको छ ।
केही विशषज्ञ डाक्टर वाहेक अहिले अस्पतालमा दरवन्दी अनुसारका स्वास्थ्यकर्मी छन । कर्मचारीको अभाव छैन ।
दरवन्दी अनुसारका विशेषज्ञ डाक्टर नभएपछि त्यो किसिमको सेवा अहिलेकै जनशक्तिवाट पुर्ति भैइरहेको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्वर खड्काले वताउनु भयो ।
सरकारले स्वीकृत गरेको दरवन्दी अनुसारका अन्य स्वास्थ्यकर्मी र कर्मचारीहरु भने रहेको समितिका सदस्य पूर्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
क्यू मेसिन जडानको तयारी
क्षेत्रीय अस्पतालमा उपचारको लागि जाने विरामीले अव नाम लख्नको लागि लामो लाइनमा वस्नु पर्ने अवस्थाको अन्त्य हुने भएको छ ।
नाम लेख्दा लामो लाइनमा वस्नु पर्ने भएकोले विरामीलाई सजिलो पार्नको लागि क्यू मेसिन जडान गर्न लागिएको अस्पताल विकास समितिका सदस्य पूर्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।
नाम लेखाउन अव लाइनमा वस्नु पदैन, एउटा टोकन लिएर वसे हुन्छ सदस्य पौडेलले भन्नु भयो टोकन अनुसारको पालो आफै आउछ ।
क्यु मेसिन आइसकेकोले छिट्टै जडान गरिने उहाँले उल्लेख गर्नुभयो ।
हरियालीका लागि बृक्षारोपन
क्षेत्रीय अस्पतालको वातावरणलाई हरियाली मैत्री र सुन्दर वनाउनको लागि विरुवा रोप्न थालिएको छ ।
यसपाली अस्पतालको हाताभित्र अशोक, रुद्राक्ष, लगायत विभिन्न जातका विरुवाहरु रोपिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्वर खड्काले वताउनु भयो ।
उहाँले हरियाली वढाउन र आर्थिक स्रोत पनि वढाउनको लागि आम्दानी दिने खालका विरुवाहरु रोपिएको जानकारी दिनुभयो ।
p33वर्षदिन यता के काम भए ?
५० वेडको अस्पतालाई १ सय २५ वेडमा विस्तार,
नयाँ भवनमा ओपीडि सेवा संचालन,
पुरानो भवनको मर्मत सम्भार (टायल लगाउनेदेखि रंगरोगन गर्नेसम्म),
मेटेनरी वार्ड भवन निर्माण हुदै (नयाँ भवन निर्माणपछि सुत्केरी राख्ने वेड ७ वाट वढेर ४७ पुग्ने),
३५ वेर्डको जनलर वार्डको भवन वन्दै,
सिसीक्यामरा जडान,
शौचालयको सरसफाई,
पानीको अभाव हटाउन वोरिङ्ग गरेर पानी निकालियो,
तीज जना विशेषज्ञ डाक्टर राखियो (फिजिसियन, वालरोग र हाड तथा नसारोग विशेषज्ञ),
३ सय ५० वेडको अस्पताल निर्माणको लागि भवनको टेन्डर प्रक्रिया सुरु,
कर्मचारी नियमावली वनाएर स्वीकृतिका लागि स्वास्थ्य मन्त्रालय पठाइयो,
हरियाली र आम्दानी वढाउन वृक्षारोपन ।
पाइप लाइनमा रहेका कामहरु
आइसियू, एनआइसीयू सेवा संचालन
सिटीस्क्यान मेसिन जडान गर्ने,
अल्ट्रासाउण्ड मेसिन,
अक्सिजन प्लान्ट निर्माण गर्ने,
मेडिकल कलेज संचालन गर्नको लागि आवश्यक पूर्वाधार,
क्यू मेसिन जडान गर्ने,
विशेषज्ञ डाक्टरको व्यवस्था,
नयाँ भवनसम्म जाने वाटोलाई पिस गर्ने ।




फेसबुकबाट तपाईको प्रतिक्रिया