बद्री पन्त
जाजरकोट ८, असोज ।
जाजरकोटकाे भेरीमालिका नगरपालिका स्थापना भएको एक बर्ष वितेको छ ।
दरवन्दी अनुसार कर्मचारी नहुदा नगरपालीकावाट प्रवाह गरिने सेवा प्रवाहमा समस्या भएको हो ।
एक वर्षको समय वितिसक्दा पनि दरवन्दी अभावमा नगरपालीकाले वडा कार्यालयवाट प्रवाह गरिने सेवाहरु नगरपालीका कार्यालयवाटै प्रवाह गर्दै आएको कार्यकारी अधिकृत राम प्रशाद शर्माको भनाई छ ।
चार वटा वडाको संयुक्त वडा कार्यालय सञ्चालन गर्नु पर्ने प्रावधान भएता पनि १३ वटा वडा रहेको नगरपालीकामा हाल सम्म एक जना मात्र स्थायि वडा सचिव रहेको अधिकृत शर्माले जानकारी दिए ।
निजामति तर्फ एक कार्यकारी अधिकृत, एक सुव्वा, एक लेखापालको दरवन्दी रहेको नगरपालीमा हाल सम्म सुव्वाको दरवन्दी खाली रहेको छ ।
त्यसैगरी प्राविधिक दरवन्दी तर्फ एक ईन्जिनियर, २ जना ओभरसेर, २ सव ओभरसेर र एक सर्वेक्षक दरवन्दी रहेको नगरपालीकामा १ ईन्जिनियर र ३ जना सव ओभरसेर वाहेकका अरु दरवन्दी रिक्त रहेका छन् ।
प्रशासन तर्फ प्रशासन पाँचौं नासु २ दरवन्दी पुरै खाली रहेको छ भने, प्रशासन चौथो ९ दरवन्दीमा १ स्थायी र ३ अस्थायी वाहेक ५ दरवन्दी खाली रहेका छन्
त्यसैगरी ५ जना कार्यालय सहयोगी र १ जना भान्से गरि ६ दरवन्दीमा ५ कार्यालय सहयोगीको पदपुर्ति भएको छ ।
अन्यहरुको पदपुर्ति गर्नका लागि नगरपालीकाको श्रोत अभावका कारण पद पुर्ति गर्न नसकिएको नगरपालीका कार्यालयले जनाएको छ ।
नगरपालीका अझै पनि वाल्यकालिन अवस्थामै रहेको कार्यकारी अधिकृत राम प्रशाद शर्माको भनाई रहेको छ ।
नगरपालीकामा खाली रहेको दरवन्दीको पदपुर्तिका लागि नगरपालीका वोर्डले अध्यक्षको पदपुर्ति गर्नु पर्ने प्रावधान अनुसार भखरै अध्यक्षको पदपुर्ति गरिएको अधिकृत शर्माले जानकारी दिए ।
नगरपालीका वोर्डले पदपुर्ति गरेको अध्यक्षमा नागरिक समाजका अध्यक्ष केशव जंग शाह रहेका छन् ।
राराखबर । २०७३, ८ आश्विन शनिबार