सहकारीले गरिवी न्यूनीकरणमा सघाए- मन्त्री थानी

15727364_1173035646144091_4992709760279721819_nसुर्खेत, १० पुस ।
साना किसान सहकारी संस्था उत्तरगंगाले पश्चिम सुर्खेतको बावियाचौरमा आइतवार अनुशरण हस्तान्तरण कार्यक्रम गरेको छ । सहकारी तथा गरिवी निवारण मन्त्री ह्दयराम थानीको उपस्थितिमा गढी, लेखगाउ“, सालकोट र बावियाचौरका एक÷एक वटा सहकारीहरुको अनुशरण हस्तान्तरण गरिएको हो ।
सो क्रममा मन्त्री थानीले सहकारीको ३ खम्बे नीति अनुसार सहकारीले आफ्नो खम्बा मजबुत बनाएको बताए ।
उनले सहकारीहरुले सरकारलाई प्रदान गर्ने २० हजार शुल्क ग्रामीण क्षेत्रका लागि चर्को भएपनि शहरी क्षेत्रका सहकारीहरुका लागि सस्तो भएको बताउ“दै तैपनि सवैलाई मान्य हुने गरी विधेयकमार्फत सम्बोधन गरिने जानकारी दिए।
उनले सहकारीहरुले नै गरिवी न्यूनीकरणमा सघाउ पु¥याएकोले आफू सहकारीमैत्री विधेयक प्रति प्रतिवद्ध रहेको बताए ।
कार्यक्रम साना किसान सहकारी संस्था उत्तरगंगाका अध्यक्ष चा“दनी ढकालको सभापतित्वमा भएको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया