हमालद्वारा क्यान्सर पीडितलाई ५००० सहयोग

सुर्खेत, १० चैत्र ।
मध्यपशिचम फिटनेस सेन्टर सुर्खेतका संचालक प्रमोद हमालले क्यान्सरबाट पीडित महिलाको उपचारको लागि व्यक्तिगत रुपमा ५ हजार रुपैया प्रदान गर्नु भएको छ ।
क्यान्सरवाट पीडित जाजरकोटको लहँ गाविस–९ गर्छिनाकी जयरुपा घर्तीको उपचारको लागि उहाँले यो रकम सहयोग गर्नु भएको छ ।
क्यान्सरवाट पीडित घर्तीको उपचारमा सहयोग होस भन्ने उदेश्यले रकम सहयोग गरेको उहाँले बताउनु भयो ।
हमालले उक्त रकम क्यान्सर पीडित सहयोगको लागि अभियान चलाई रहनु भएका पत्रकार प्रकाश पन्तलाई हस्तान्तरण गर्नु भएको छ ।
क्यान्सर पीडित महिलाको उपचारको लागि अभियान संचालन गरेको भन्दै उहाँले पत्रकार पन्तलाई धन्यवाद समेत दिनु भएको छ ।
क्यान्सरका कारण ८ महिनादेखि थला पर्नु भएकी घर्तीको सहयोगको लागि सुर्खेतमा क्रियाशिल पत्रकार प्रकाश पन्तले सामाजिक संजाल फेसवुक मार्फत आर्थिक सहयोगको अभियान थाल्नु भएको छ ।
आफुले चलाएको यो अभियानमा साथदिदै विभिन्न व्यक्तिहरुले अहिलेसम्म करिव एक लाख रुपैया सहयोग गर्नु भएको पत्रकार पन्तले जानकारी दिनुभयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया