सुर्खेत
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले अब कांग्रेसले आफ्नो नेतृत्वमा सहमतीय सरकार बनाउने र उक्त सरकारले एक वर्षभित्र तीनै तहको निर्वाचन गर्ने बताएका छन् ।
सुर्खेतको बीरेन्द्रनगरमा शुक्रबार भएको नेपाल राष्ट्रिय मगर संघको कर्णाली प्रदेशस्तरीय भेलामा उनले ताजा जनादेशले मात्र संविधानले परिकल्पना गरेका लक्ष्य, उद्देश्य पूरा गर्न सक्ने दावी गरे ।
कांग्रेसको परिपक्व भूमिकाबाट मात्र अहिलेको राजनीतिक अप्ठेरो अन्त्य हुन्छ, उनले भने, कांग्रेसले देशका सबै दलसँग सहमति कायम गर्दै निर्वाचनको वातावरण बनाउनेछ ।
कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य हृदयराम थानी, जीवनबहादुर शाही लगायतले कम्युनिष्टका कारण देश जटिल अवस्थामा पुगेको बताए ।
राराखबर । २०७७, ७ चैत्र शनिबार