सडक पुल नबन्दा डोल्पामा ढुवानी समस्या

बद्री पन्त
जाजरकोट
जाजरकोट–डोल्पा सडक खण्डमा पर्ने दर्जन बढी खोलामा सडक पुल नबन्दा दैनिक उपभोग्य सामग्री ढुवानी समस्याका कारण डोल्पामा उपभोग्य सामग्रीको मूल्य बढेको छ ।
नेपालगन्जदेखि डोल्पासम्म सामान ढुवानी गर्दा विभिन्न खोलामा पल्टी गर्नुपर्ने भएपछि ढुवानीमा समस्या भएको उद्योग वाणिज्य संघ डोल्पाअध्यक्ष लालिमान बुढाले बताउनु भयो ।


खोलामा पुल नहुँदा मजदुर लगाएर सामान वारपार गराउने गरिएको छ । वर्षाका कारण ठाउँठाउँमा बाटो बिग्रदा र पहिरो जाँदा थप स्थानमा पल्टी गरी सामान ढुवानी गर्नुपर्ने समस्या छ ।
यस सडकको तल्लुबगर, खदाङ, छलगाड र त्रिपुराकोट, राडि, चौका, करपगाड, नलगाड लगाएत खोला तथा नदीमा सडक पुल नहुदा दर्जन बढी स्थानमा सामान पल्टी गर्नुपर्ने गरिएका कारण डोल्पामा दैनिक उपभोग्य सामग्रीको मूल्य २५ देखि ३० प्रतिशतसम्मले वृद्धिभएको अध्यक्ष बुढाले बताउनु भयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया