सुर्खेत
सुर्खेतको बीरेन्द्रनगर करैखोलास्थित नेपाल राष्ट्रिय सामुदायिक माध्यमिक विद्यालयमा निःशुल्क दन्त परिक्षण शिविर भएको छ । हिमाल डेन्टल केयर होम सुर्खेतको प्राविधिक सहयोगमा विद्यालयले उक्त शिविर आयोजना गरेको हो ।
शिविरमा शिशु देखि कक्षा १२ सम्मका विद्यार्थीहरुको निःशुल्क दातको परिक्षण गर्नुको साथै दाँत सम्वन्धी सचेतनामुलक जानकारी समेत दिइएको हिमाल डेन्टल केयर होमले जनाएको छ ।
स्कुल नर्स संगीता थापा मगरले दाँत परिक्षणको क्रममा प्रायजसो विद्यार्थीहरुको दाँतमा किरा लागेको, गिजाहरु सुनिाएको, दाँत नमाझ्दा विभिन्न किसिमका समस्याहरु भएको भेटिएको बताइन् ।
केयर होमका संचालक योगेन्द्र शाहीले शिविर संचालन गर्न सहयोग गर्ने, प्रधानाध्यापकसहित सम्पुर्ण विद्यालय परिवारप्रति आभार व्यक्त गरेका छन् । शिविर संचालन गर्न स्कुल नर्स संगीता थापा मगरले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको पनि शाहीले बताए ।
बीरेन्द्रनगर ६ बुद्धपथमा रहेको हिमाल डेन्टल केयर होम सुर्खेतले लामो समयदेखि विभिन्न ठाउँमा निःशुल्क दन्त परिक्षण शिविरका साथै सचेतनामुलक कार्यक्रम संचालन गर्दै आएको छ ।
सामाजिक अभियन्ता समेत रहेका संचालक योगेन्द्र शाहीले सामाजिक उत्तरदायित्वलाई आत्मवोध गरेर अघि बढिरहेको उल्लेख गरे ।
राराखबर । २०७७, ६ चैत्र शुक्रबार