सुर्खेत, २३ असोज ।
सुर्खेतको वीरेन्द्रनगरवाट प्रहरीले कस्तुरीको विनासहित २ जना पक्राउ गरेको छ ।
जुम्लाको तिला गाउँपालिका २ का ३६ वर्षे कर्ण बोहरा र जुम्लाकै मालिका गाउँपालिका २ का ४० वर्षका चन्द्र बहादुर रावतलाई कस्तुरीको विनासहित प्रक्राउ वरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
वीरेन्द्रनगर ६ पिपलचौताराबाट ५ पिस कस्तुरीको बिनासहित पक्राउ उनीहरुलाई प्रक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला बन कार्यालय सुर्खेतलाई वुझाएको एसपी मोहन आचार्यले बताउनु भयो । प्रहरीले वीरेन्द्रनगरवाटै दुईदिन अघि लागु औषध ब्राउन सुगरसहित ४ जना पक्राउ गरेको थियो । जिल्ला वन कार्यालयले निजहरुलाई हिरासतमा राखी थप अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला वन अधिकृत हेमराज विष्टले जानकारी दिनुभयो ।
राराखबर । २०७४, २३ आश्विन सोमबार