सुर्खेत, १० साउन ।
मध्यपश्चिम क्षेत्रमा विगत ३ वर्षमा २ हजार भन्दा बढीले आत्महत्या गरेको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०७०÷०७१ मा ६ सय ३४, ०७१÷७२ मा ७ सय २८ र ०७२÷७३ मा ७ सय ३२ जना गरी २ हजार ९४ जनाले आत्महत्या गरेका छन ।
प्रहरीले ३ वर्षको अवधिमा १ हजार ४ सय ३० जनाले झुण्डिएर आत्महत्या गरेको वताएको छ ।
आर्थिक वर्ष ०७०÷७१ मा ४ सय ३७, ०७१÷७२ मा ४ सय ७३ र ०७२÷७३ मा ५ सय २० जनाले झुण्डीएर आत्महत्या गरेका छन ।
३ वर्षको अवधिमा विष सेवनवाट यस क्षेत्रमा ५ सय ६३ जनाले आत्महत्या गरेका छन ।
प्रहरीका अनुसार आर्थिक वर्ष २०७०÷०७१ मा २ जनाले आगोमा हाम फाली आत्महत्या गरेका थिए भने ०७१÷७२ मा ३ र ०७२÷७३ मा ४ जनाले आत्महत्या गरेका छन् ।
धारिलो हातहतियार तथा औजारको प्रयोग गरी ०७०÷७१ मा २ जनाले आत्महत्या गरेका थिए भने ०७१÷७२ मा ६ जना र ०७२÷७३ मा १ जनाले आत्महत्या गरेका छन ।
क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका प्रमुख डिआईजी माधब नेपालले पारिवारिक कलह, गरिबी, निराशा, आवेग, असफलता, विछोड, दुव्र्यशनी, महत्वाकांक्षा, कमजोर आत्मविश्वास, मानशिक समस्या जस्ता कारणले आत्महत्या गरेको पाइएको वताउनु भयो ।
मध्यपश्चिम क्षेत्रमा आत्महत्याको दर बढ्दै गएको भन्दै उहाँले आत्महत्याको भयावह स्थितिलाई न्यूनीकरण गर्न क्षेत्रीय प्रहरी कार्यालयले छिटै समुदाय स्तरमा जनचेतनाका अभियान संचालन गर्ने उल्लेख गर्नुभयो ।
जनचेतनाबाट मात्रै आत्महत्यामा कमी ल्याउन सकिने उल्लेख गदै डिआइजी नेपालले यसका लागि घर परिवारले सकारात्मक सल्लाह तथा सुझाव दिनुपर्नेमा जोड दिनुभयो ।
राराखबर । २०७३, १० श्रावण सोमबार