प्रधानमंत्रीले ५ करोड दिने

20160606_153718सुर्खेत, २४ जेठ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. उपेन्द्रकुमार कोइरालाले भोलि वीरेन्द्रनगरमा हुने विश्वविद्यालयको पा“चौ सभाले यस क्षेत्रको दीर्घकालित भविश्यका लागि मर्गचित्र कोर्ने बताउनु भएको छ ।
सिनेट बैठकका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले भावी शैक्षिक कार्यदिशा, आगामी आर्थिक वर्षको बजेट पारित, विश्वविदालय ऐनमा संशोधनलगायतका प्रस्तावहरु पारित हुने जानकारी दिनुभयो ।
यस्तै सिनेट बैठकको अध्यक्षता ग्रहण गर्न आउने कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कुइनेपानी जंगलमा केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्ने कार्यक्रम पनि रहेको उहाँले जानकारी दिनुभयो ।
सिलन्यासको अवसरमा पा“च करोड रुपिया“को चेक पनि हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । यस्तै विश्वविद्यालय स्थापनामा महत्वपूर्ण भूमिका खेल्ने विभिन्न व्यक्ति एवम् संस्थालाई सम्मान गरिने विश्वविद्यालयका राजिष्टा«र डा. महेन्द्रकुमार मल्लले जानकारी दिनुभयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया