सुर्खेत, २४ जेठ ।
स्थानीय शान्ति समिति सुर्खेतले अहिलेसम्म सत्य निरुपण तर्फ ५ सय ९८ र वेपत्तातर्फ ५२ वटा निवेदन परेको जनाएको छ ।
द्वन्द्वपीडितले समितिमा दिएका मध्ये सत्य निरुपण तर्फका ५ सय ९६ र वेपत्ता आयोग तर्फका ३१ वटा उजुरी काठमाडौ पठाइसकेको समितिले वताएको छ । पछिल्लो समय निवेदन आउने क्रम बढेकोले निवेदन लिने समयसीमा थप गर्नुपर्ने स्थानीय शान्ति समितिका संयोजक मोहन थापाले वताउनु भयो ।
वेपत्ता तर्फको जेठ मसान्तसम्म र सत्य निरुपण तथा मेलमिलाप तर्फको आउँदो असार २ गतेसम्म निवेदन लिने समय तोकिएको छ । सुर्खेतमा १ हजार ५ सय भन्दा बढी निवेदन दिने अपेक्षा समितिले राखेको छ । स्थानीय शान्ति समिति सुर्खेतले समयमै आएर निवेदन दिन पनि द्वन्द्वपीडितलाई आग्रह गरेको छ ।
राराखबर । २०७३, २४ जेष्ठ सोमबार