परोपकार पुनस्र्थापना केन्द्रको पाँचौं साधारणसभा सम्पन्न

पुनम बिसी

सुर्खेत, ४ साउन ।
परोपकार पुनस्र्थापना केन्द्रको पाँचौ साधारणसभा बुधवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । साधारणसभाले मनोहरलाल आचार्यको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा सुरेन्द्र रावल, सचिवमा रिता चन्द, कोषाध्यक्षमा प्रमोद उपाध्याय, सदस्यमा जाकिर हुसेन, चन्द्र लम्साल, सुरज रामदाम, निलकमल गौतम, डम्मर थापा चयन भएका छन् । त्यस्तै सल्लाहकार सदस्यमा रमनमणि आरसी, जीवन सोनी, महेन्द्र सापकोटा चयन भएका छन् ।

यस संस्थाले सामाजिक क्षेत्रमा विगत पाँच वर्षदेखि काम गर्दै आएको छ । संस्थाले विगतका दिनमा भूकम्पपीडित, बाढीपीडितलाई राहत संकलन गरी वितरण समेत गर्दै आएको छ ।
संस्थाको मुख्य उद्देश्य भनेको लागू औषधमा फसेकाहरुलाई सामाजिक मानसिक र आध्यात्मिक रुपबाट उपचार गर्ने रहेको छ । जसमा अहिलेसम्म तीन सय ४२ जनालाई उपचार गरिसकेको र २५ जना उपचारको क्रममा भएको संस्थाले जनाएको छ ।

 

Social tagging:



फेसबुकबाट तपाईको प्रतिक्रिया