सुर्खेत, १७ असोज ।
जाजरकोटको दुर्गम गाउँमा पहिलो पटक यही असोज २० गते निशुल्क वाल स्वास्थ्य शिविरको तयारी तिव्र गतिमा भैइरहेको छ । दुर्गम गाउँका वालवालिकालाई घरआगनै स्वास्थ्य सेवा दिने उदेश्यले जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका वडा न २ डाँडाँगाउँको छेप्कामा वाल शिविर हुन लागेको हो ।
नागरिक कृषि तथा पशुपालन सहकारी संस्था लहँको समन्वयमा लाइन्स क्लव अफ सुर्खेत सेरोफेरो, नेपाल वाल पोली क्लिनिक सुर्खेत र लियो क्लवले संयुक्त रुपमा शिविर आयोजना गर्न लागेका हुन । शिविरको प्रचारप्रसार देखि अन्य कामहरु भैइरहेको शिविर आयोजकले जनाएका छन । दुर्गम गाउँका वालवालिकालाई घरआगनै स्वास्थ्य सेवा दिने उदेश्यले निशुल्क वाल स्वास्थ्य शिविर गर्न लागेको लाइन्स क्लव अफ सुर्खेत सेरोफेरोका अध्यक्ष युवराज पौडेलले बताए । शिविरमा लामो समयदेखि कुनै पनि रोगले पीडित वालवालिकालाई निशुल्क उपचार गरिने मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा कार्यरत वालरोग विशषज्ञ डा नवराज केसीले बताए ।
विशेष गरी अपागता भएका र कुपोषणले पीडित वालवालिकालाई लक्षित गरी शिविर गर्न लागेको पनि डा केसीले उल्लेख गरे । शिविरमा वालवालिकाको साथै सामान्य स्वास्थ्य चेकजाँच, प्याथोलोजी सेवा, फिजियोथेरापी, हाड तथा नसा रोगको पनि उपचार हुने वताएको छ ।
दुर्गम गाउँ वस्तीमा धेरै वालवालिकाहरु विभिन्न रोगले पीडित हुदै आएकोले उनीहरुलाई घरदैलोमै उपचार सेवा दिने उदेश्यले शिविरको लागि लाइन्स क्लव र वाल क्लिनिकलाई आग्रह गरेको पत्रकार प्रकाश पन्तले जानकारी दिए ।
शिविरमा मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतका कार्यरत वालरोग विशषज्ञ डा। नवराज केसीको नेतृत्वमा ८ भन्दा बढी स्वास्थ्यकर्मीको टोलीले निशुल्क उपचार गर्नेछन ।
यही असोज २० गते पहिलो पटक हुन लागेको निशुल्क वाल स्वास्थ्य शिविरको प्रचार प्रसार भैइरहेको र अन्य तयारी पनि अन्तिम चरणमा पुगेको डाँडागाँका युवा समाजसेवी कुश ओलीले वताए ।
शिविरमा पाली, कल्पत,चिउरी, डाँडागाउ, टट्टा, करुवा, कट्के, थाप्ला, भारगाउँ, गर्छिना, लहँ, वाउँसेखोला, ऐरारी, मुली पोखरा, कालमाटी, दल्ली, खगेनकोट, रग्दा भगवती लगायत छिमेकी जिल्ला रुकमको आठवीसकोट नगरपालिकाका वालवालिकाहरुले सेवा पाउने युवा समाजसेवी केशव बस्नेतले जानकारी दिए । पहिलो पटक घरदैलोमै निशुल्क वाल स्वास्थ्य शिविर हुने भएपछि स्थानीय वासिन्दाहरु निकै खुशी भएको पनि वस्नेतले वताए ।
राराखबर । २०७४, १७ आश्विन मंगलवार