सुर्खेतमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको विक्री सुरु

सुर्खेत
सुर्खेतमा लेभ्निङ इलेक्ट्रिक स्कुटर विक्री सुरु भएको छ । बज्र गुरुप अन्तर्गतको ईभी मोटर्सले नयाँ शोरुम खुलेसँगै विक्री सुरु भएको छ ।
लेभ्निङ इलेक्ट्रिक स्कुटरको सुर्खेतको लागि आधिकारिक विक्रेता श्री गणेश इन्टरनेसनल अटो मोबाइल हो ।
बीरेन्द्रनगर ६ जुम्ला रोडमा रहेको लेभ्निङ शोरुमबाट अब लेभ्निङ ब्रान्डका इलेक्ट्रिक स्कुटर र साइलक बिक्री–वितरण गरिने छ ।मंगलबार वीरेन्द्रनगर नगरपालिकाका उपमेयर निलकण्ठ खनालले शोरुम उद्घाटन गदै ईन्धनको मुल्य बढि रहेको बेलामा बिजुली स्कुटर धेरैको रोजाइमा पर्ने बताए ।
कार्यक्रममा मिस इन्टरनेसनल २०१७ नीति शाहले इलेक्ट्रिक स्कुटर मध्ये सबै भन्दा विश्वासिलो र भरपर्दो भएकोले ढुक्क भएर लेभ्निङका इलेक्ट्रिक स्कुटर प्रयोग गर्न आग्रह गरिन ।


सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्की कम स्पिडका कारण इलेक्ट्रिक स्कुटरबाट दुर्घटना कम हुने र वातावरण प्रदूषण नहुने हुनाले भएकोले सजिलै प्रयोग गर्न सक्ने बताए ।
बज्र गुरुपका एजीएम नवराज कोइरालाले लेभ्निङ इलेक्ट्रिक स्कुटर भर्खर कलेज पढ्दै गरेका विद्यार्थी देखि युवा सवैले प्रयोग गर्न मिल्ने बताए ।
श्री गणेश ईन्टरनेशनल अटोमोबाइल्सका संञ्चालक प्रेम बिसीले उमेर अनुसार चलाउन मिल्न खालको दश वटा डिजाईनमा ल्याएको उल्लेख गरे । उनले पुरै ब्याट्रि चार्ज गरेपछि ७५ किमी सम्म ब्याट्रि टिक्ने दुईटा ब्याट्रि प्रयोग गर्न मिल्ने पनि बताए ।
यातायात व्यवस्था कार्यलय प्रमुख आन्नद चपाईले विद्युतीय स्कुटरको कर पनि कम लाग्ने बताए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया