सुर्खेत, २३ असार ।
मुस्लिम समुदायको सबैभन्दा ठूलो पर्व मानिने ईद उल फित्र बिहीबार सुर्खेतमा पनि धुमधामका साथ मनाईएको छ । इस्लाम धर्मावलम्बीहरुको कम बाहुल्यता भएपनि सुर्खेतस्थित मस्जिदमा बिहीबार सामुहिक नमाज पढ्दै मुलुकमा शान्ति, स्थिरता र विकासको निर्माणको कामना गरेका छन् ।
सुर्खेतको वीरेन्द्रनगरको पीपिरामा रहेको मस्जिदमा मुलुकमा शान्ति स्थिरता र विकास निर्माणको कामना गर्दै सामुहिक नमाज पढिएको हो । सुर्खेतमा रहेका अधिकांश इस्लाम धर्मावलम्वीहरु मस्जिदमा नमाज पढ्न आएका थिए भने, बजारमा रहेको मस्जिदमा समेत मुस्लिमहरु जम्मा भएर नमाज पढेका थिए ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७० औं दिनमा मनाइने यस पर्वमा मुस्लिम धर्मावलम्बलीले धर्मले स्वीकार गरेको चौपाया जनावर कुर्बानी (बलि दिने) गर्दछन् । ठूला जनावरमा सात जना मिलेर तथा खसी र बांझो बाख्रा एक जनाले सिगो कुर्बानी दिनुपर्ने नियम छ । कुर्बानी गरेको जनावरको मासु मुस्लिम धर्मावलम्बीले एक भाग आफूले खाने, एक भाग इष्टमित्र र एक भाग गरिबलाई खुवाउने परम्परा छ । त्याग र बलिदानको पर्वका रुपमा स्थापीत बक्रईदमा मुस्लिमहरुले बली दिएर ईश्वरीय आशिर्वाद प्राप्त गर्दछन् ।
मुस्लिम हिजरीको सम्बत सुरुहुनुभन्दा पहिले नै अल्लाहका दुत ईब्राहिम अलहिदलाई सपनामा आफ्नो छोराको बलि मागेको र अल्लाहको आदेश भन्दै अलहिदले छोराको बलिदिन तैयार हुदा अल्लाहले छोरालाई हटाई त्यस स्थानमा भेंडा राखी दिएको भन्ने किम्बदन्ती रहेको छ । त्यसै दिनको सम्झानामा बिश्वभरीका मुसलमानहरुले भेंडा, खसि , रागाको बलि दिएर बक्रईद मनाउने गर्दछन् ।
हरेक मुसलमानहरुले आफु सक्दो कुर्बानि दिनै पर्ने ब्यवस्था गरेको छ । कुर्बानीको मासु बिक्री गर्न नमिल्ने, साथै कुर्बानी भएको जनावरको छाला बिक्री गरी रुपैया अथवा छाला गरीब असहाय वा मदरसालाई दिनुपर्ने धार्मिक नियम छ । सामाजिक सद्भाव कायम राखौं भन्दै हिन्दु धर्मावलम्बीहरुले पनि मुस्लिम धर्मावलम्बिहरुसँग इदको शुभकामना साटासाट गरेका थिए ।
राराखबर । २०७३, २३ असार बिहीबार