अभिमुखिकरण तालिम सकियो

सुर्खेत, २५ असोज ।
सुर्खेतको वीरेन्द्रनगरमा सामाजिक परिचालकहरुको लागि भएको ३ दिने अभिमुखिकरण तालिम सकिएको छ ।
उच्च मुल्य कृषि वस्तु विकास आयोजना सुर्खेतले गरेको तालिममा सुर्खेत, दैलेख, कलिकोट, जुम्ला, अछाम लगायतका जिल्लामा कार्यरत सामाजिक परिचालकहरुको सहभागीता रहेको थियो ।तालिमको समापन गदै उच्च मुल्य कृषि वस्तु विकास आयोजना सुर्खेतका प्रमुख राजेन्द्र प्रसाद भारीले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्नसके मात्र तालिम उपलव्धीमूलक हुने बताए ।
तालिममा आयोजनाको उदेश्य, आयोजनाले गर्ने काम, आर्थिक स्रोत, सफलताका कथाहरु लेख्ने तयारी, तथ्याक व्यवस्थापन लगायतका वारेमा जानकारी दिइएको योजना अधिकृत बुद्धिराज घिमिरेले जानकारी दिए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया