साइवर सुरक्षामा चासो

सुर्खेत, २३ माघ ।
लाइन्स क्लव आफ सुर्खेत सेरोफेरो र लियो क्लव आफ सुर्खेत सेरोफेरोले भोली माघ २४ गते केटी सुरक्षा र साइवर सुरक्षा सम्वन्धी जनचेतनामुलक कार्यक्रम गर्ने भएको छ ।


जिल्ला प्रहरी कार्यालय र महिला तथा बालबालिका सेवा केन्द्र सुर्खेतसंग समुन्वय गरी क्लवले सुरक्षासम्वन्धी कार्याक्रम गर्न लागेको लाइन्स क्लव अफ सुर्खेत सेरोफेरोका अध्यक्ष युवराज पौडेलले जानकारी दिनुभयो ।
स्थापना भएको वर्षदिन नपुग्दै सामाजिक क्षेत्रमा क्लवले महत्वपूर्ण सामाजिक काम गरेको छ । क्लवले दुर्गम जिल्लामा बालस्वास्थ्य शिविर गर्नेदेखि विद्यालयलाई शैक्षिक सामाग्री दिने लगायतका सामाजिक काम गरेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया