छात्रालाई साइवर सुरक्षाबारे जानकारी

सुर्खेत, २५ माघ ।
लायन्स क्लब अफ सुर्खेत सेरोफेरो र लियो क्लब अफ सुर्खेत सेरोफेरोको संयुक्त रुपमा कलेजका छात्राको लागि साइवर सुरक्षा सम्वन्धी चेतनामुलक कार्यक्रम आयोजना गरेका छन ।


जिल्ला प्रहरी कार्यालय सुर्खेत, महिला तथा बालबालिका सेवा केन्द्र, सुर्खेतको सहकार्यमा सुर्खेत मोडेल कलेजमा छात्रा बिद्यार्थी लक्षित सुरक्षासम्वन्धी कार्यक्रम आयोजना गरिएको क्लवका अध्यक्ष युवराज पौडेलले बताउनु भयो ।

छात्रा सुरक्षा र साइृवर सुरक्षाको बारेमा केन्द्रका सहायक प्रहरी निरिक्षक मन्जु चौधरी र क्लवका अध्यक्ष युवराज पौडेलले प्रशिक्षण दिनु भएको थियो ।कार्यक्रममा १ सय ६० जना विद्यार्थीको सहभागीता रहेको बताएको थियो ।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया