प्रदेश ६ मा एमाले संसदीय दलको नेतामा यामलाल कँडेल

सुर्खेत, २५ माघ ।
नेकपा एमाले प्रदेश ६ संसदीय दलको नेतामा पोलिट्ब्युरो सदस्य तथा पूर्व मन्त्री यामलाल कँडेल सर्वसम्मत चयन हुनु भएको छ । वीरेन्द्रनगरमा बिहीबार बसेको दलको बैठकले कँडेललाई सर्वसम्मत चयन गरेको हो । कँडेल सुर्खेत २ क बाट निर्वाचित सांसद हुनुहुन्छ ।
पोलिट्ब्युरो सदस्य एवं सल्यान ख का प्रदेशसभा सदस्य प्रकाश ज्वालाले कँडेललाई दलको नेतामा प्रस्ताव गर्नु भएको थियो । ज्वालाको प्रस्तावलाई संसदीय दलले सर्वसम्मत अनुमोदन गरेको सांसद सुशिल थापाले बताउनु भयो ।


यसअघि दलको नेतामा कँडेल र ज्वालाबीच रस्साकस्सी थियो । कँडेल मुख्यमन्त्रीको दाबी गर्दै प्रदेश सभामा चुनाव लडनु भएको थियो । बैठकको अध्यक्षता ज्येष्ठ सदस्य पदमलाल रोकायाले गरेका थिए ।
प्रदेश ६ मा एमाले प्रदेशसभाको ठूलो दल हो । ४० सदस्यीय प्रदेशसभामा एमालेका २० सांसद छन । माओवादीका १३ सांसद, काँग्रेसका ६ र राप्रपाका एक सासद छन ।




फेसबुकबाट तपाईको प्रतिक्रिया