सुर्खेत
नेपाली कांग्रेसका प्रभावशाली नेता एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा हुम्लाबाट नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकायालाई जिताउन अपील गरेका छन् ।
हुम्लामा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका रोकायालाई स्थानीय स्तरमा अनुभवी र प्रभावशाली नेताका रूपमा हेरिएको छ।
हुम्लाको विकास र समृद्धिका लागि कांग्रेसको तर्फबाट पूर्वसभापति रोकायालाई उम्मेदवारको रूपमा अघि सारिएको भन्दै उनले सामाजिक संजाल फेसवुकमार्फत भारी मतले विजयी गराउन हुम्लावासी मतदाताहरूलाई आग्रह गरेका छन् ।
मनोनयनको विशेष दिनमा केही विशेष कारणवश आफू हुम्लामा भौतिक रूपमा उपस्थित हुन नसकेपनि छिट्टै हुम्ला आउने पनि उनले बताए ।
देशैभरी कांग्रेसको जितको कामना गर्दै नेता शाहीले कर्णाली प्रदेशका १२ वटै निर्वाचन क्षेत्र र देशभरका सबै ‘रूख’ चिन्हवाहक उम्मेदवारहरूलाई विजयको शुभकामना व्यक्त गरेका छन् ।
लोकतन्त्रको रक्षा र मुलुकको आर्थिक समृद्धिका लागि नेपाली कांग्रेसको जित अपरिहार्य रहेको भन्दै सम्पूर्ण मतदाताहरूलाई कांग्रेसको पक्षमा मतदान गर्न पनि उनले अपिल गरेका छन् ।

राराखबर । २०८२, ७ माघ बुधबार