सुर्खेत, २ भदौ ।
समाजसेवी तथा युवा उद्यमी रगवीर मिजार नेपाल घरेलुु तथा साना उद्योग महासंघ भेरीगंगा नगरपालिको अध्यक्षमा चयन हुनु भएको छ । शनिवार भएको नगर महासंघको भेलाले उहाँलाई सर्वसम्मत रुपमा नगर महासंघको अध्यक्षमा चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष मिजारले लघु तथा घरेलु उद्योगहरुको विकास र व्यवसायीहरुको हकअधिकारको लागि सक्रिय भएर लाग्ने उल्लेख गर्नुभयो ।
महासंघको बरिष्ठ उपाध्यक्षमा ज्ञानु भुसाल उपाध्यक्षमा बलवीर नेपाली महासचिवमा रमेश शर्मा र कोषाध्यक्षमा गोरख आचार्य रहनु भएको छ । यस्तै सदस्यमा रुपक टमटा र रत्नबहादुर राना रहनु भएको छ । भने केन्द्रीय प्रतिनिधीमा रेणु आचार्य ढकाल र भक्तबहादुर जिसीलाई चयन गरेको छ ।
भेलाले तेजबहादुर महतको संयोजकत्वमा तीन सदसिय सल्लाहकार समिति पनि चयन गरेको छ । समितिको सदस्यमा डिल्लीराज रेग्मी र मोतिप्रसाद शर्मा रहनु भएको नवनिर्वाचित अध्यक्ष रगवीर मिजारले जानकारी दिनुभयो । यसैवीच डिलसरा थापाको अध्यक्षतमा महिला महासंघ पनि गठन गरिएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेशका अध्यक्ष चन्द्रबहादुर विसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भेरीगंगा नगरपालिकाका उपमेयर रेणु आचार्य, प्रदेश महासंघका सचिव गोमा ओली, सदस्य बीरबहादुर नेपाली, नगर महासंघ बीरेन्द्रनगरका अध्यक्ष भीम भण्डारी, गुर्भाकोटका अध्यक्ष लालप्रसाद शर्मालगायतले लघु घरेलु उद्योगको प्रर्वद्धनको लागि राज्यले सहयोग गर्नुपर्नेमा जोड दिएका छन ।
राराखबर । २०७५, २ भाद्र शनिबार