शारीरिक सुगठनका हिमायती

उत्कृष्ट खेलाडी वन्ने सपना
पश्चिम नेपालमै नयाँ व्यवसाय भित्याउनु भएका मध्यपश्चिम फिटनेस सेन्टरका संचालक प्रमोद हमालको जन्म २०३२ सालमा दैलेखको मालिका गाविस-४ धछुङ्गमा भएको थियो । उहाँको प्रारम्भिक शिक्षा गाउँकै देवि माध्यामिक विद्यालयवबाट सुरु भएको थियो । त्यो विद्यालयमाकक्षा १ सम्म पढनु भयो । त्यतिवेलै उहाँको परिवार सुर्खेतमा पनि बस्थ्यो । त्यही भएर उहाँ सुर्खेतमा आउनु भयो ।

सुर्खेतमा उहाँले तत्कालिन रोजल्याण्ड विद्यालयमाफेरी नर्सरीदेखि पढन थाल्नु भयो । ६ कक्षासम्म रोजल्याण्ड वोडिङ्ग स्कुलमा पढेपछि ७ कक्षा नपढेरै एकै पल्ट जनमाविमा ८ कक्षामा भर्ना हुनुभयो । जनमाविवाटै २०४९ सालमा एसएलसी पास गर्नुभयो । आइएको पढाई सक्न वित्तिकै उहाँले खेलकुदमा हात हाल्नुभयो ।
बक्सिङ्ग छाडेर फुटवलतिर


देशकै उत्कृष्ट खेलाडी भएर अन्तराष्ट्रिय क्षेत्रमा नेपालको नाम चम्काउने सानोमा उहाँले सपना देख्नु भएको थियो । त्यो सपनालाई पुरा गर्नखेलकुदमा कदम वढाउनु भयो । जिल्ला हुदै क्षेत्रीय र राष्ट्रिय स्तरका धेरै प्रतियोगीतामा भाग लिनुभयो । बक्सिङ्गको राष्ट्रिय प्रतियोगीतामा २ पटक भाग लिनुभयो । उहाँले ४८ केजी तौल समुहमा समुहमा प्रतिस्पर्धा गर्नु भएको थियो । त्यसपति बक्सिङ्ग खेल छाडेर फुटवलतिर लागे उहाँले भन्नुभयो फुटवलको राष्ट्रिय प्रतियोगीतामा प्रतिस्पर्धा गर्ने असवर नपाएपनि जिल्ला र क्षेत्रीय स्तरका धेरै प्रतियोगीताहरु जित्नु भएको थियो । उहाँले २०५८ देखि २०६२ सालसम्म फुटवलको सहायक प्रशिक्षकको रुपमा पनि काम गर्नु भयो ।
बैदेशिक रोजगारीको लागि अफ्गानिस्तान
सानैदेखि खेलकुदमा रुची भएका हमालले २०५३ सालवाट मध्यपश्चिम यातायात व्यवसायी समितिमा काम गर्न थाल्नु भयो । समितिमा १० वर्ष काम गरेपछि उहाँ वैदेशिक रोजगारीको लागि अफ्नानिस्तान जानुभयो । यातायात समितिमा काम गर्दा पनि उहाँले खेलकुदलाई छाडनु भएन, अझ सशक्त भएर लाग्नु भयो । २०६३ सालमा अफ्गानिस्तान जानु भएका उहाँले ४ वर्षसम्म युएसएआइडीमा कार्यरत कर्मचारीको सुरक्षा गर्नुभयो ।
२०५२ सालदेखि नै उहाँको शारीरिक सुगठनतिर रुची पैदा भएको थियो । अफ्गानिस्तानको बसाईले शारीरिक सुगठनलाईनजिकबाट बुझने र परिस्कृत बनाउने अवसर पाउनु भयो । अफ्गनिस्तान बसाईको सिलसिलामा अमेरिकन, वेलायती र अष्ट्रिेलियन प्रशिक्षकवाट प्रशिक्षण लिने अवसर प्राप्त भयो । विशेष गरेर वेलायती प्रशिक्षक मिस्टर जोसवाट शारीरिक सुगठन सम्वन्धी तालिम लिए हमालले भन्नुभयो ।
दुवई प्रहरीको जागिर

४ वर्षको अफ्गानिस्तान बसाईपछि नेपाल फर्केका उहाँ २ महिनाभित्रै कामको लागि दुवई जानुभयो । अनलाईनवाट जागिरको लागि अप्लाई गरेको थिए दुवई प्रहरीको जागिर मिल्यो उहाँले भन्नुभयो दुवईमा अमेरिकन प्रहरीले ६ महिनासम्म सुरक्षासम्वन्धी तालिम दियो । दुवई बसाईको क्रमममा सुरक्षा कसरी दिने, स्वास्थ कसरी रहने, फुर्तिलो कसरी हुने लगायतका शारीरिकसुगठन सम्वन्धी अझ धेरै ज्ञान हासिल गर्ने अवसर मिल्यो ।
विदेशको सीप स्वदेशमा प्रयोग


४ वर्षको दुवई बसाईपछि नेपाल फर्केर उहाँले सुर्खेतको वीरेन्द्रनगरमा मध्यपश्चिम फिटनेस सेन्टर खोल्नु भयो । विदेशमा सिकेको ज्ञान, सीपलाई स्वदेशमा प्रयोग गरौ भन्ने उदेश्यले फिटनेस सेन्टर खोले उहाँले भन्नुभयो । निकै आर्कषक मानिने दुवई प्रहरीको जागिर वीचमै छाडेर हमालले फिटनेस सेन्टर खोल्नु भएको थियो । कुराकानीको क्रममा नजिकै वस्नु भएका भुवन थापालाई देखाउदै हमालले भन्नुभयो दाईकै प्रेरणाले गर्दा फिटनेस खोल्ने योजना बनाए । उहाँले धेरै हैसाला दिनुभयो । हमालले १ करोड १२ लाखको लगानीमा पश्चिम नेपालमै पहिलो पटक फिटनेस सेन्टर खोल्नु भयो । यो २०७३ साल बैसाख २७ गतेवाट संचालनमा छ ।
सेन्टरले संचालन भएको छोटो समयमैधेरै मानिसको मन जित्न सफल भएको छ । फिटनेस सेन्टरमा प्रशिक्षण लिएका २ जना खेलाडीले नेपालकै सवैभन्दा बढी धनराशी पुरस्कार भएको धर्मश्री प्रतियोगीता प्रतिनिधित्व गर्न सफल भएका थिए । ६० र ८० केजी तौल समुहमा भाग लिएका उनीहरुले छोटो समयमै १६ जनालाई पछिपादै पाँचौ स्थान ओगटन सफल भए । यही चैत्रको अन्तिमतिर काठमाडौमा हुन लागेको अर्को प्रतियोगीतामा पनि २ जनाले भाग लिदैछन हमालले भन्नुभयो यसैमा धेरै खुशी छु । पहिलो पटक यो स्थानमा आउनु सुर्खेतीको लागि गैरवको कुरा हो ।
फिटनेसको फाइदै फाइदा
उहाँको जिम क्लवमा अहिले ४ सय ८० जनाले नियमति व्यायम गर्छन । यसमा ३० जना महिला पनि छन । फिटनेस सेन्टरमा जम्वा डान्स, जुम्वा फिटनेस, सावना वाथ, जिम गरिन्छ । मोटोलाई घटाउने र दुव्लोलाई बढाएर ठिक साइजमा ल्याउने काम सेन्टरमा हुन्छ । फिटनेस सेन्टरका फाइदै फाइदा छन उहाँले भन्नभयो नियमित अभ्यास गर्दा प्रेसर नियनत्रण हुन्छ, युरिक एसिड, सुगर नियन्त्रण हुने हुन्छ अनि छाला पनि चम्किलो हुने गर्छ । सेन्टरले अहिलेसम्म झण्डै २ हजार जनाले फिटनेसको सुविधा दिएको छ ।
उत्कृष्ट खेलाडी वन्ने


सानोमा उहाँले उत्कृष्ट खेलाडी वन्ने सपना देख्नु भएको थियो । सोचे जतिका सवै सपना पुरा हुदैन । विभिन्न कारणले गर्दा उत्कृष्ट खेलाडी हुन नसकेपनि उत्कृष्ट खेलाडी बनाउने अभियानमा भने उहाँ लागि रहनु भएको छ । खेलकुदलाई अघि बढाउदै उत्कृष्ट खेलाडी उत्पादन गर्न जिएल क्लव खोल्नुभयो । यो क्लवका खेलाडीले नेपालको वी डिभिजनको क्लववाट खेल्ने अवसर पनि पाए । त्यसपछि उहाँले सुर्खेतमा महिला फुटवल समुह पनि गठन गर्नुभयो । महिलाको जिल्ला स्तरीय फुटवल प्रतियोगीता गराउनु भयो । उहाँकै योगदानले गर्दा सुर्खेतको महिला समुह पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगीतामा सेमिफाइनलसम्म पुग्न सफल भएको थियो । उहाँले अहिले सृजनसिल युवा क्लवको अध्यक्ष भएर सुर्खेतको खेलकुदको विकासको योगदान दिदै आउनु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्ले गरेको क्षेत्रीय प्रतियोगीतामा सुर्खेतको महिला समुह दोस्रो भएको थियो । स्थापना भएको छोटो समयमै फुटवल संघ वाँकेले गरेको प्रतियोगीतामा पनि सुर्खेतको महिला समुहले उत्कृष्ट प्रर्दशन गदै प्रथम भएको थियो । म उत्कृष्ट खेलाडी बन्न नसकेपनि सफल खेलाडी भने भए, किनकी मैले उत्पादन गरेका खेलाडीले सुर्खेतको तर्फवाट उत्कृष्ट प्रतिनिधित्व गरेका छन । उहाँ राष्ट्रिय प्रतियोगीतामा सुर्खेतवाट प्रतिनिधित्व गर्ने प्रथम रेफ्री पनि हुनुहुन्छ ।
पश्चिम नेपालकै नयाँ व्यवसाय
पश्चिम नेपालमै नयाँ व्यवसाय थाल्नु भएका उहाँ यसलाई सामाजिक व्यापार भन्नु रुचाउनु हुन्छ । शारीरिक सुगठन भनेको एउटा चाहाना हो । यसले दुव्लोलाई मोटाउने र मोटालाई घटाएर ठिक साइजमा ल्याउछ । सन्तुलित अवस्थामा ल्याउँछ । यसलाई उमेरले छेक्दैन । फिटनेस सेन्टरमा आएपछि कतिपयको तौल ८२ केजीवाट घटेर ३ महिनामै ६२ केजीमा पनि आएको छ । व्यायमको साथै आहार विहारमा पनि उत्तिकै ध्यान दिए शरिर सधै फूर्तिलो हुन्छ ।
झण्डै ज्यान गएको


अफ्गानिस्तानमा उहाँ मृत्युको मुखवाट बालबाल बाँच्नु भएको थियो । घटनाको बोली विस्तार गदै हमाल भन्नुहुन्छ त्यो घटना सम्झदा अहिलेपनि शरिर जिगिङ्ग हुन्छ । युएसएआइडीको कर्मचारीलाई लिएर सपिङ्ग मल गएको थिए । उनी सधै एक हप्ताको लागि सामानहरु किन्ने गर्थिन । तर त्यो दिन भने एक पाकेट दुध मात्र किनेन । मैले एक हप्ताको लागि किन नकिनेको भनेर सोध तर उनले अहिलेलाई भैहाल्यो भनेर जवाफ दिइन । हामी सपिङ्ग मलवाट निश्केको १० सेकेन्डमै आत्मघाती बम बिस्फोट भयो । बुलेड प्रुफ गाडीमा भएकोले बाँचियो । वाहिर हेर्दा एकै छिनमा दर्जनै लासहरु छिरिएका थिए । त्यतिवेला मैले धेरै देवतालाई सम्झिए । त्यो दिन सायद एक हप्ताको लागि सामान किन्न लागेको भए, मरिने रहेछ । त्यसपछि एक हप्ताको लागि विदा दिएको थियो । त्यहाँ बस्नै मन लागेन । अनि घर फर्के । यतैवाट राजीनामा दिए । फेरी अफगानिस्तान फर्किन ।
साथीहरु लिएर दुलहीको घर
उहाँको विवाहको कहानी पनि बडो गजवको छ । दुलहीलाई साइकलमा भगाउदै गर्दा वीचमै आफन्तले भेटाए । दलहीका दाइहरुले वहिनीलाई लिएर घर गए । तर उहाँले हिक्मत हार्नु भएन । साथीहरु लिएर दुलहीको घर जानु भयो । अनि पछि सहमतिमै विवाह भयो । त्यो क्षण उहाँको जीवनको सवैभन्दा खुशीको क्षण थियो ।
हजुरआमालाई भेटन नपाउँदा दुखी


हमालले जीवनमा धेरै तितामिठा अनुभवहरु संलाग्नु भएको छ । दुवईमा हुँदा हजुरआमाको निधन भयो । उहाँ हजुर आमाको अन्त्यष्टीमा आउन पाउनु भएन । मलाई विदा दिएन त्यसैले हजुरआमाको निधन हुँदा घर आउन पाइन । म एकदमै दुखी भएको क्षण त्यही थियो । मलाई धेरै माया गर्ने हजुर आमाको मुख हेर्नसम्म पाइन उहाँले भन्नुभयो ।
विदेशको सीप स्वदेश निर्माणमा प्रयोग
विदेशमा सिकेको सीपलाई स्वदेशमा प्रयोग गर्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ । बैदेशिक रोजगारीमा जाने एउटा प्रवृत्तिनै भइसक्यो । विदेश जानुहोस अनि त्यही नहराउनु होस उहाँले भन्नुभयो त्यहाँको ज्ञान सीपलाई ल्याए स्वदेश निर्माणमा लगाऔ । विदेशमा प्रविधीले काम गर्छ नेपालमा हातले काम गर्ने हो । प्रविधीलाई जोडने हो भने काम गर्न निकै सजिलो हुन्छ । प्रविधिको विकासले नै देशलाई सम्मुनत बनाउँछ । प्रविधिले नै मान्छेलाई अनुशासित पनि बनाउँछ । जस्तो विदेशमा गल्ती गर्नेलाई मान्छेले कारवाही गरी रहनु पदैन । प्रविधीको विकासले गल्ती गर्ने आफै कारवाहीमा पर्न वाध्य हुन्छ ।
फिटनेस सेन्टर विस्तारको योजना
यो पेशालाई अझ विस्तार गर्ने उहाँको भावी योजना छ । विस्तारै अरु ठाउँमा पनि शाखा खोल्छु उहाँले भन्नुभयो । अवको ४ महिनामै दैलेखमा शाखा खोल्ने योजना छ ।
जीवन संर्घष

४१ वर्षे हमाल जीवनलाई संर्घषको संज्ञा दिनुहुन्छ । जीवन संर्घषै संर्घषले भरिएको छ । यो एउटा निरन्तर सिकाई पनि हो । कसरी खुशी हुने, कसरी शिक्षा पाउने, समाजको विकास कसरी गर्ने भन्ने संर्घषले नै सिकाउदो रहेछ । विदेशीको जीवन भन्दा नेपालीको जीवन धेरै सुखी छ ।
व्यवसायीक समाजसेवा
हमाल सानै देखि समाज सेवामा पनि सक्रिय हुदै आउनु भएको छ । मध्यपश्चिम फिटनेस सेन्टर संचालन गरेपछि उहाँले ६० जना युवाहरुलाई कुलतबाट मुक्त गराउनु भएको छ । यो पनि एककिसिमको समाज रुपान्तरण हो उहाँले भन्नुभयो । पहिलो उपलव्धी भनेकै यही हो जस्तो लाग्छ । यो खाली व्यापार मात्र हैन, समाज सेवा पनि हो । पैसा कमाउन त अन्य काम पनि गर्न सकिन्थ्यो तर पैसा कमाउनु मात्र ठुलो कुरा हैन । त्यसैले यो एउटा व्यवसायीक समाजसेवा हो ।

(पत्रकार प्रकाश पन्तसँग गरिएको कुराकानीमा आधारित)




फेसबुकबाट तपाईको प्रतिक्रिया