शासन र बर्गिय मुक्तिको प्रश्न ?

संसार सेन पृथक

इतिहासको चेतपुर्ण अध्यन र ब्याख्या नगरी छुद्र रूपमा शासन र सासक तत्कालीन ब्यबस्थाको बिरोध जनाउनु सडकमा विशाल आन्दोलन गर्नुले उपलब्धिको कुनै परिणाम दिएको देखिदैन ।नेपालको उत्पति र नेपाल सभ्यताको पुरानो इतिहास खासगरी किरात सभ्यता लिच्छविकाल सभ्यता मल्ल बङ्सिय बागमती सभ्यता कर्णाली ( ककस) खस सभ्यता कौसल सभ्यता र सेन सभ्यताको बिकेन्दृकृत राज्यको राज्य सभ्यता र राज्यलाइ गोर्खाका राजा पृथ्वीनारायण शाहको एकीकरण राज्यको बिस्तार सगै बनेको आधुनिक नेपाल र त्यस्को वास्तविक कानुनी इतिहास बुझ्न जरुरी देखिन्छ राजा पृथ्वीनारायण शाह केन्द्रिकृत नेपालका प्रथम राजा भए सगै नेपालमा खासगरी गोर्खा राज्य बिस्तारको समयमा उनलाई युद्धमा सहयोग गर्ने भारदार र उनैको गुणगान जप्ने पुरयत जर्नल क्याप्टेन छोटेराजा जतिलाइ भुमी र राज्यको अधिकार सम्म प्रदान गरिएको पाइन्छ।त्यसैलाई कानुनी रूपमा बर्गिय तथा जातीय रूपमा ब्यबस्थित पार्नेकाम १९१० सालमा जङ्ग बहादुर रानाले गरेको पाइन्छ।जुन किताब दुनियाको कुनैपनी universityमा अध्यन अध्यापन गराइदैन गर्नपनी दियको छैन ।
खासगरी दरबारमा बढ्दैगएको बेथितिको ब्यबस्थापन गर्नको लागि राणा प्रधानमन्त्री जङ्ग बहादुर रानाले ऐन वल्र्ड कानुनी मुलुकी ऐन बनायको देखिन्छ ।खासगरी राजाहरुले गरेको बहुबिबहा र त्यसबाट जनमेका सन्तान र रानिहरुको कारण दरबारभित्र आकासमिक रूपमा हुनसक्ने दुरघट्नालाइ रोक्न यो ऐन बनाइएको हो। सबैभन्दा पहिलेत राजाहरूलाई ब्राह्मणले कतिसम्म बिबाह गर्नपाउने भन्नेनारे दरबारिया पुरेतहरुले तोकेका हुन्थे र कस्ताकस्ता किसिमका रानिहरु भित्र्याउन सक्थेत(१) ब्याइते(२) ल्याइते(३) भित्रेनी पट्टि (४) कोठे । जम्माजम्मी चार प्रकारले जतिसुकै महिलाहरु राख्न पाउने ब्राह्मणले तोकिदिएको पाइन्छ जसको साहेक राजपरिवारको रूपमा राना हरुले पनि सोही अनुसार गरेको पाइन्छ। माथिका चारकिसिमका रानिमध्य ब्याइते बाहेक अरु जतिपनी भित्र्याउन पाइने पुरान निर्माणका आधारमा दरबारिया र रानाको रबैया चलेको पाइन्छ । रानिहरु र रानिको अधिकार रानिमा राजाको कर्तव्यबोध समेत पुरहेतले निर्धारण गर्देको दरबारिया ब्राह्मण धर्म कानुनको सबिस्तार यस्तो छ।
१-:ब्याइते रानी खासगरी दरबारको पुर्ण अधिकार जनताको आखाले देख्नसक्ने गरि धार्मिक कानुनी मान्यता प्राप्त रानी ब्याइते हुन भन्ने बुझ्न सकिन्छ ब्याइते रानिको मुख्य काम राजा सवारी हुदा सगै जाने मठ मन्दिर पुजा आजको काममा समेत अधिकार हुनेथियो ब्याइते पट्टिको रानिबाट जन्मेको जेष्ठ सुपुत्रले मात्रै राजाको उत्तराधिकारी हुनपाउने समेत छ खासगरी ब्याइतेपट्टिको बच्चा छोरा युबराज र छोरी युबरागी भनेर चिनिन्थ्यो राजाको मृत्यु पश्चात् तिनै ब्याइते पट्टिका युबराजले राजा हुनपाउने समेत पुरहेत ऐनमा लेखिएको पाइन्छ ।
२-:ल्याइते – ल्याइते रानिहरु जतिपनी ल्याउन पाउने राजालाई अधिकार थियोे ल्याइते रानिहरुबाट जन्माउन पाउने तर ल्याइतेबाट जनमेको बच्चाले राजा हुन नपाउने पुरेहित प्रचलन थियो दरबारमा सबभन्दा खतरा तिनै ल्याइतेपट्टिकाको हुन्थ्यो किनकी रानिहरुपनी धेरै र रानिहरुबाट जन्मेका सन्तानहरुपनी धेरै थिए दरबारमा भिमसेन थापा माथबर सिह थापा लगाएतको मृत्युको कारण र जङ्ग बहादुरको उदय त्यसैको परिणाम थियो त्यसैलाई ब्यबस्थापन गर्न जङ्ग बहादुरले १९१० सालको मुलुकी ऐन ब्यबस्थापन गरेको देखिन्छ ।
३-भित्रेनी -: राजाहरुले अर्को कुर तथा आतताही महिला हिंसा गरेको त्यो हो आफ्ना भारदारलाई गाउघर मेलापात जहाँ पनि सौन्दर्य रूपमा देखिने नारिलाइ बन्दुक तरबार देखाएर अपहरणकारीको जस्तो सैलिमा जबर्जस्त दरबारमा ल्याउन लगाउथे त्यस्तालाई अमनकै भएपछि पनि रानी बन्न लगाउथे त्यस्तालाई लुकाएर राखिन्थ्यो रानी भन्नमिल्ने देखाउन नपाइने भएपछि तिनीहरुलाई भित्रेनी भनियो र तिनीहरुबाट जन्मेका सन्तानहरुलाइ भित्रेनी पट्टिका भनेर चिन्ने गरेको बुझिन्छ ।
४-कोठिका -: खासगरी कोठिका रानिहरु राजाहरुले मनोरञ्जनकालागी ल्याउने रुप,स्वर लुवाइ सप्रेकाहरुलाइ कोठिका रानी भनिन्थ्यो तिनैहरुबाट जन्मेका सन्तानहरुलाइ कोठिपट्टिका भनेर चिनिने गरिएको पाइन्छ कोठिपट्टिका रानिहरुबाट जन्मेका सन्तानहरुलाइ राजपरिवारको पाउने हक अधिकार कुनैपनी दिएको थिएन त्यसैको प्रतिफल १९०९ मा कोठिपट्टिका राजाका सन्तानहरुले सङ्खमुल लडाइ गरेको पाइन्छ त्यतिबेला उनिहरुले कुल्लु,कपाली,मासिने मतुवाली,नमासिने मतुवालिहरुको साथ लिएर लडाइ गरेको देखिन्छ जस्लाइ दबाउन दरबारबाट ब्याइते,ल्याइते र भित्रेनी पट्टिका राजाका सन्तान र सेनाहरुले भीषण दमन गरेर सयौं सर्बसाधारण महिला तथा वृद्धहरु मरेको देखिन्छ जस्लाइ हार्नेहरुले तागाधारी दमनको नाम दिएको पाइन्छ ।त्यतिबेला जङ्ग बहादुरले राजाका सन्तति सबैलाई अधिकार दिन्छुभनी ताम्रापत्रमा लेखेर सुनाएको पाइन्छ।
१९१० सालको ऐन र बर्गिय लिङ्गीय तथा जातीय विभेद।
१९१० सालको ऐन मुख्यगरी जातीय,बर्गिय,लिङ्गीय विभेद उत्पादनको मुल कारण बनेको छ ब्याइते,ल्याइते,भित्रेनी र कोठिपट्टिका राजाका सन्तानहरुको अधिकार साथै सङ्खमुल बिद्रोह दबाउने सेनाका जर्नेल कर्णेल मेजर तत्तहका जवान र बिद्रोह गर्ने जनताको पञ्जिकरन गरियो र सोही अनुसार दमन गर्नेहरुलाइ बिर्तावाल बनाउन बिर्ता बाडियो साथै राजाका सन्तान ब्याइते पट्टिकालाइ दरबारको हक अन्य ल्याइते, भित्रेनी र कोठिपट्टिकालाइ नेपाल अधिराज्य भरिएका प्रत्येक जिल्ला जिल्लामा किसानले जोतभोग गरेको जमिन जबर्जस्त हडपेर ताम्रापत्रमा लेख्दै बिर्ता बितरन गरिएको पाइन्छ। त्यससँगै बिद्रोहमा लागेका उत्पीडित समुदायको जमीन हडपेर आफ्ना भारदार सेनाका सिपाही देखि जर्नल सम्म र पुरहेत सबैलाई बाडियो त्यस्मा झन्डै २५% मान्छेहरूलाई जमिनदार बनाइयो र बाकी ७५% जनताहरुलाइ भुमिहिन बनाइएको छ। त्यतिबेला भुमिहिन हुनेहरू छेत्री आधा आधी ब्राह्मण जनजाति आदिवासी र दलितरुलाइ भुमिहिन बनाइयो त्यतिबेला निजि सम्पत्तिको मुल आधार जमीन हुनेभएकोले भुमिहिन सबैलाई कमारो हलि गुवालो बनाउनेतर्फ लागियो ठिक त्यतिबेला देखि बर्गिय रूपमा चरम उत्पादन भयो ।
आफ्नो भुमी सत्ता बचाउन जङ्ग बहादुरले दण्ड सजायको साथै बर्न अनुसारको ब्यक्ति समुदायको काम तरबारको र बन्दुकको बलमा तोकिदिएको पाइन्छ अझ यतिसम्म लेखेको पाइन्छ कुन कुन जातले कुनकुन काम गर्नहुने नहुने समेत तोके त्यतिबेला जातलाइ चार भागमा राखेर १९१० को कानुन ऐन लगाइएको छ १-: तागाधारी जो जनाइ लाउने २-: मत्वाली ३-: नमासिने मत्वाली ४-: मासिने मत्वाली यतिसम्म बनाएर यतिखेर सोही अनुसार कस्लाइ कस्तो कसुर अनुसार दण्डित गर्ने भनिएको छ तागाधारिले उहीँ अप्राद गरे तीन रुपैया दण्डित गर्ने मत्वालिले त्यहीँ अप्राद गरे सर्बस्वहरन हुने मासिने मत्वालिले त्यहीँ अप्राद गरे सङ्खमुलमा काट्ने र उसको तीन पुस्ते सम्पति जफत गर्ने बनाइएको छ जुन अबस्थाले के देखिन्छ भने नमासिने मत्वाली भनेको राजाको सिपाही भुमिका निर्वाह गरेकाहरुलाइ भन्ने जनाएको छ मासिने मत्वाली भनेको दरबारिया रबैयाको बिरोधि राना बिरोधि जतिलाइ बुझिन्छ जुन बख्खु लाउने र भुमिको अधिकार बाट बन्चित जतिलाइ जनाएको छ यो हेर्दा अहिले दलित भनेर चिनिने र हिमाली भेगमा बस्ने समुदायको चित्रण गरेको देखिन्छ १९१० सालमा यो कानुन बनाय सगै नेपाल अधिराज्य भरिएका जमिनदार तिनै राज परिवारका सदस्य तिनका पुरयत काजी भारदार रहे पछिल्लो अबस्थामा प्रत्येक जिल्लामा प्रसासनिक काम काजको लागि डिठ्ठा,बिचारी, मुख्या, साथै बाबुसाप पद्धति सुम्पेर जिल्लाभर पठाइयो १९१४ देखी २००७ साल सम्म अनबरत निरन्तर रूपमा हरेक जिल्लामा तिनै दरबारिया पण्डित र ल्याइते भित्रेनी,कोठेपट्टिका सन्तान र जर्नेल कर्णेल काजी डिट्ठा बिचारिका सन्तानले शासन चलाउदै आएको पाइन्छ त्यहीँ शासन सन्चालन गरेका सबै ठाउँ समय अनुसार सम्पत्तिको मालिक धनी सामन्ती बर्गमा देखिन्छन् यो हेर्दा के सम्म देखिन्छ भने छेत्रीले छेत्री माथीपनि सोसन उत्पिडन यथावत रहेको देखिन्छ ।

अन्तत रानाहरुको विरुद्धमा २००७ सालमा भएको परिवर्तन पछिपनी तिनै उपल्लो बर्ग र जातिका मान्छेले नै जिल्लामा प्रतिनिधि हुनपुगेको देखिन्छ र अझ अनौठो र आश्चर्यजनक कुरात के देखिन्छ भने २००७ देखि हालसम्म ५७% उनै दरबारिया ल्याइते भित्रेनी कोठेपट्टिका सन्तान र दरबारियाले गरिखाउ भनेर बिर्ता दिएका पण्डित पुरोहित जर्णेल कर्णेल र बिर्तावाल ब्याक्ती हरु अहिलेसम्म जनप्रतिनिधि बनेको देखिन्छ बाकी ४३% उत्पीडित बर्ग समुदायबाट आएकोले राज्य ब्यबस्थाको नाम जुनसुकै दिएपनी यो चिन्न सकिएन भने राष्ट्रमा जनताको लोकतन्त्र देखाउने दातमात्रै हुने छ।यहाँ २००७ सालदेखि हालसम्म अपबाद बाहेक धेरै प्रधानमन्त्री तिनै दरबारको पदबी पहिरेका हरुको सन्ततिनै भएको देखिन्छ सर्बहाराबर्गको सत्तालाई स्थापित गर्नकोलागी इतिहास राम्रोसँग अध्यन नगरी गरेको आन्दोलनको परिणाम उत्पीडित बर्ग ,जाती महिलाहरुले झेल्नुपरेको तितो सत्य हो।यहाँ माक्र्सवाद कुनैकुनै समाजबाद र हरेक समयमा हरेक मुकुन्डो चिन्न जरुरी छ।(लेखको नीजि विचार )




फेसबुकबाट तपाईको प्रतिक्रिया