सुर्खेत, ३ फागुन ।
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था देशैभरीका खानेपानी उपभोक्ता संस्थामा उत्कृष्ट हुन सफल भएको छ । खानेपानीको संस्थागत सुधार तथा स्तर उन्नति कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गदै उल्लेखनिय सुधार गरी उत्कृष्ट छनौट भएर संस्थाले कदर पत्र समेत प्राप्त गर्न सफल भएको हो ।
नगर विकास कोषको आशिंक लागत असुली र सहभागीतामा निर्माण भएका देशैभरीका साना सहरी खानेपानी आयोजनाहरु मध्ये सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था उत्कृष्ट संस्थाको रुपमा छनौट हुनु सफल भएको छ ।
कोषको ३१ औ बार्षिक उत्सवको अवसरमा विहीवार काठमाडौमा भएको कार्यक्रममा सहरी विकास मन्त्री मोहमद इतियार राईले संस्थाका अध्यक्ष कुलमणी देवकोटालाई उत्कृष्ट संस्थाको रुपमा कदर पत्र प्रदान गरेका छन् ।
प्राकृतिक रुपमा खानेपानीको स्रोतको अभावका बाजजुद खानेपानीको संस्थागत सुधार र स्तर उन्नतिलाई रचनात्मक रुपले अगाडी बढाएर उत्कृष्ट हुदै कदर पत्र प्राप्त गर्न संस्था सफल भएको छ । यसले जिल्लको प्रतिष्ठा पनि बढाउनुको साथै थप काम गर्ने हौसला मिलेको अध्यक्ष कुलमणी देवकोटाले बताए । उनले सुर्खेत उपत्यकाबासी जनतालाई सर्वसुलव रुपमा खानेपानी सेवा प्रवाह गर्न अझै थुप्रै काम गर्न बाकी रहेको समेत बताए ।
नगर विकास कोषको आशिंक लागत असुली र जनसहभागीतामा आधारित देशैभरीका ७० वटा खानेपानी आयोजना मध्ये सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था पनि एउटा हो । कार्यक्रममा सुर्खेत उपत्यका खानेपानी संस्थाको साथै दमक खानेपानी उपभोक्ता संस्था, पोखरा महानगरपालिका र धनगडी उपमहानगरपालिका पनि उत्कृष्ट कदर पत्र प्राप्त गर्न सफल भएका छन् ।कार्यक्रममा मन्त्रालयका विभागिय प्रमुख, साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधी, नागरिक समाजका अगुवालगायतका सहभागीता रहेको थियो ।
राराखबर । २०७५, ३ फाल्गुन शुक्रबार