बद्री पन्त
पश्चिम रुकुम २८, चैत्र
पश्चिम रुकुमको आठविसकोट नगरपालिका ९, राडिज्युलाका २३ वर्षीय अनिल शाह ठुली भेरी नदीमा डुवेर वेपत्ता भएका छन् ।
बिहीबार दिउसो पौडि खेल्न नदीमा गएका शाह डुवेर वेपत्ता भएको आठवीसकोट नगरपालिकाका नगर प्रमुख गोरखबहादुर केसीले जानकारी दिनु भएको छ ।
नदीमा वेपत्ता शाहको खोजी कार्य जारी रहेपनि फेला पर्न नसकेको नगर प्रमुख केसीले बताउनु भयो ।
राराखबर । २०७५, २८ चैत्र बिहीबार