कभर्ड हलको लागि एकैदिन ६२ लाख ५४ हजार सहयोग

14980609_1222387304471097_2510513385332795176_n

तस्वीर खिमलाल देवकोटाको फेसवुकबाट ।

सुर्खेत, २८ कार्तिक ।
सुर्खेतमा बहुउदेशिय कभर्ड हल निर्माणको लागि संचालनका गरिएको मध्यपश्चिम धार्मिक महोत्सवमा आइतवार मात्रै ६२ लाख ५४ हजार रुपैया संकलन भएको छ ।
महोत्सव संचालन भएको चौथो दिन सवैभन्दा बढी रकम महोत्सव आयोजक जिल्ला व्याडमिन्टन संघले ५५ लाख ५५ हजार ५ सय ५५ रुपैया प्रदान गरेको छ ।
कर्भड हल निर्माणको लागि आइतवार हस्तविक्रम खड्काले १ लाख ५१ हजार, हेम प्रंकाश भुषाल १ लाख ११ हजार १ सय ११ र जिल्ला शिक्षा कार्यालयले ५१ हजार रुपैया दिएका छन ।
महोत्सवमा अहिलेसम्म ७७ लाख रुपैया संकलन भएको महोत्सव आयोजक मुल समितिका महासचिव खिमलाल देवकोटाले जानकारी दिनुभयो ।
यस्तै सुर्दशन श्रेष्ठले ५ लाख, कृष्णबहादुर खड्काले ३ लाख ५ हजार, जयप्रकाश पौडेलले १ लाख ५१ हजार १ सय, चेतबहादुर अधिकारीले १ लाख १ हजार १ सय ११, रुपैया दिनु भएको छ ।
कार्तिक २५ गतेबाट सुरु भएको मध्यपश्चिम धार्मिक महोत्सव आउदो मंसिर २ गतेसम्म संचालन हुनेछ ।
महोत्सवमा अन्तराष्ट्रिय कथा बाचक गोविन्दशरण महाराज र मिरादेवी दिदीले कथाबाचन गदै आउनु भएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया