५ वर्षभित्रै के हुदैछ, ६ नम्वर प्रदेशमा ?

सुर्खेत, २९ कार्तिक ।
नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले आगामी ५ वर्षभित्रै देशका सातवटै प्रदेशमा बैज्ञानिक अनुसन्धानशाला र बिज्ञान पार्क स्थापना गरिसक्ने जनाएको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा भएको कार्यक्रममा नाष्टका प्राज्ञ डा. दिनेश कुमार भुजुले सातवटै प्रदेशमा आगमी ५ वर्षभित्रै अनुसन्धानशाला र पार्क स्थापना गरिसक्ने बताउनु भयो ।
20161114_130213सातवटै प्रदेशमा बैज्ञानिक अनुसन्धानशाला र बिज्ञान पार्कको स्थापना गर्नको लागि अहिले नाष्टले प्रदेशस्तरीय छलफल गरिरहेको जानकारी दिनुभयो ।
बिज्ञान तथा प्रविधि देश विकासको इन्जिन भएको उल्लेख गदै डा. भुजुले विज्ञान तथा प्रविधिको विकासको लागि बढी बजेट बिनियोजन गर्न सुझाव दिनुभयो ।
उहाँले राजनीतिक प्रतिवद्धता विना विज्ञान तथा प्रविधिको बिकास हुन नसक्ने भएकोले दलहरु एकजुट हुनु पर्नेमा जोड दिनुभयो ।
सवै प्रदेशमा अनुसन्धानशाला र पार्क स्थापना गर्ने सरकारी लक्ष्य पुरा गर्न चरणवद्ध कार्यक्रम ल्याउने उहाँले उल्लेख गर्नुभयो ।
नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले गरेको कार्यक्रममा क्षेत्रीय प्रशासक विज्ञान तथा प्रविधिको क्षेत्रमा लगानी बढानु पर्नेमा जोड दिनुभयो ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले प्रदेशमा मात्रै हैन गाउँ गाउँमा अनुसन्धान केन्द्र र पार्क स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सुर्खेतस्थीति राजनीतिक दल र संघसंस्थाका प्रतिधिनीले सुर्खेतमा तत्काल प्रदेशस्तरीय अनुसन्धानशाला र पार्क स्थापना गर्न सुझाव दिएका छन
उनीहरुले बैज्ञानिक अनुसन्धानशाला र बिज्ञान पार्क स्थापना गर्नको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।
कार्यक्रममा नेपाली काँग्रेसका टेकबहादुर सिह, एमालेका डण्डीप्रसाद शर्मा, माओवादी केन्द्रका जीतबहादुर राना, नेपाल मजदुर किसान पार्टीका धनेन्द्र विक, उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी लगायतले आफनो भनाई राख्नु भएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया