भीरबाट लडेर महिलाको मृत्यु

बद्री पन्त
जाजरकोट २१, जेठ ।
जाजरकोटको बारेकोट गाउँपालिका ८, लैखमकी ३८ बर्षिया गीता कुमारी खत्री भीरबाट लडेर मृत्यु भएको छ । उपचारको लागि जाजरकोट अस्पतालमा मृत्यु भएको हो । भैसीलाई खुवाउने घाँस काट्न गएको बेला रापानीको भीरबाट दुई सय मिटर तल खसेर गंभीर घाईते हुनु भएको थियो ।
टाउको तथा अन्य भागमा चोट लागेको थियो । बर्षेनी रापानीको भीरबाट लडेर लैखमबासीले अकालमा ज्यान गुुमाउने गरेका छन् । विगत दश बर्षको समयमा रापानीको भीरबाट लडेर २० जना बढी स्थानीयको ज्यान गइ सकेको वडा सदस्य मानबहादुर सिंहले बताउनु भयो । रापानीको भीरमा लैखमबासी घाँस दाउँरा ल्याउँन जाने गरेका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया