बद्री पन्त
जाजरकोट १४, माघ
जाजरकोट जिल्लामा पछिल्लो समय सुन्तला खेतीमा किसानको आक्रसन बड्दै गइरहेको छ । यतीबेला जाजरकोटका गाउँगाउँमा लटरम्म सुन्तला फलेका छन । यस व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरु यस पेशा प्रती आक्रसित भएका छन । मकै, गहँु, धान लगाउने खेत तथा पाखोबारीमा सुन्तला खेती गरिएको छ ।
कुशे गाउँपालिका ५, दम्दालाका ५० बर्षिय शक्तीबहादुर वलींले ३० रोपनी जमीनमा सुन्तला खेती गरेका छन । उनले बर्षमा ५÷६ लाख आम्दानी गर्दै आएका छन । २०४६ सालमा सल्यानबाट २ सय सुन्तलाका बोट लगाएर खेती गरेका उनले अहिले २ हजार सुन्तलाका बोट लगाएर आम्दानी गरीरहेका छन । सुरुमा सुन्तला लगाउँदा गाउँले काँडा रोपे भनेर वलीको कुरा काटे तर अहिले तीनैले सुन्तला खेती गरेको वलीले बताए । मेरै सिको गरेर जिल्लाभर सुन्तला गरिएको छ, वलीले भने ।
त्यसैगरी सोही ठाउँकी पदमकला मल्लले सुन्तला बिक्रीबाट बर्षमा १ लाख ५० हजार आम्दीनी गर्दै आएकी छन । ५ रोपनी जमिनमा सुन्तला खेती गरेपछि अहिले उनको जिवन स्थरमा धेरै परिवर्तन आएको छ । यसबाट छोराछोरी पढाउन र घर व्यवहार चलाउन सहज भएको मल्लको भनाइ छ ।
वली र मल्ल जस्तै दम्दाला गाउँमा १ सय ५० बढी किसानले ब्यबशायिक रुपमा सुन्तला खेती गर्दै आएका छन । कुशेको दम्दाला, ढिमे, अर्छानी, भेरीको तिमिले, पोखरा, डिङ्गा र नलगाडको टट्टा, करुवा लगायत क्षेत्रका ४ सय ५० किसानले ५ सय हेक्टर जमिनमा सुन्तला खेती गर्दै आएको छन । किसानलाई आत्मनिर्भर व्यवसायी बनाउन, युवाको पलायन रोक्न, खाद्य तथा पोषणको सुरुक्षा सुनिश्चितता गर्न र कृषि क्षेत्रको आधुनिकीकरण गर्न २ बर्ष देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन भएको छ । कार्यक्रमले सुन्तलाको व्यावसायिक तथा गुणस्तरीय उत्पादनमा जोड दिँदै किसानलाई आत्मनिर्भर बनाउन सहयोग गरिरहेको छ । कार्यक्रम अन्तर्गत कृषि सामग्री वितरण, साना सिँचाइ, पूर्वाधार निर्माण, प्राविधिक तथा प्रयोगशाला सेवा, कृषि बजार केन्द्र्र स्थापना, किसानलाई तालिम लगायतमा सहयोग गरिएको परियोजनाका प्रमुख टंक रिजालले बताउनु भयो ।
किसानले बारीमै प्रति किलो ५० रुपैयामा र बजारमा ७० रुपैयामा सुन्तला बेच्दै आएका छन । सुन्तला जोन क्षेत्रका किसानले ५० हजार देखि ७ लाख रुपैयासम्म आम्दानी गर्दै आएका छन । यसबाट उनीहरुको जीवन स्थरमा समेत परिवर्तन आएको देखिन्छ । जाजरकोटमा ५ हजार सुन्तलाका वोटहरु लगाइएको छ । अहिले जिल्लाको ५ हेक्टर जमिनमा सुन्तला खेती भइरहेको छ । यहाँको सुन्तला गाउँघरका स्थानीय मेलापर्व, सदरमुकाम खलंगा, स्थानीय बजारमा खपत हुन्छ भने जिल्ला बाहिर सुर्खेत, नेपालगंजमा निर्यात हुदै आएको छ ।
तालिम र औजार
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जाजरकोट जिल्लाका पाँच सय किसानलाई विभिन्न तालिम तथा उपलब्धिमा आधारित प्रोत्साहन अनुदान रकम वितरण गरेपछि कृषक यस व्यवसायमा थप अग्रसर भएर लागेको देखिन्छ । कृषकलाई पावर ट्रेलर ट्र्याक्टर, खाल्डा खन्ने मेसिन, पावर स्प्रेयर, सिकेचर, फुट स्प्रेयर, र्भयाङ, आरी, कैंची, जुसर मेसिन, तौल मेसिन, स्प्रिंकलर लगायत कृषि औजार पाएपछि यसबाट थप उर्जा मिलेको नलगाड ३, चाउलेचौरका सुन्तला कृषक मनबहादुर विष्टले बताउनु भयो ।
उपकरण विरुवा लगाउँदा देखि फल निकाल्दासम्म प्रयोगमा आउने सुन्तलाको बगैंचा व्यवस्थापन, सिँचाइ, गोडमेल, खनजोत, खाल्डा खन्न, सुन्तला टिप्न र भण्डारण गर्न चाहिने सबै सामग्री पाउदा धेरै राहत मिलेको विष्टको भनाइ छ । कुशे गाउँपालिका, भेरी नगरपालिका २ र नलगाड नगरपालिका ३ लाई समेटेर २ वर्षअघि सरकारले सुन्तला जोन स्थापना गरेको थियो । कुशेको दम्दाला, ढिमे, अर्छानी, भेरीको तिमिले, पोखरा, डिङ्गा र नलगाडको टट्टा, करुवालगायत ठाउँमा सुन्तला जातलाई विशिष्टकृत बालीको आधार मानेर जोन स्थापना भएको हो ।
किसानलाई आत्मनिर्भर व्यवसायी बनाउन, युवाको पलायन रोक्न, खाद्य तथा पोषणको सुरुक्षा सुनिश्चितता गर्न र कृषि क्षेत्रको आधुनिकीकरण गर्न परियोजना सञ्चालनमा ल्याइएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अर्न्तगत ५ सय हेक्टरमा सुन्तला खेती गर्ने योजना छ । कार्यक्रमले सुन्तलाको व्यावसायिक तथा गुणस्तरीय उत्पादनमा जोड दिँदै किसानलाई आत्मनिर्भर बनाउन सहयोग गरिरहेको छ ।
सुन्तलासंगै नर्सरी
जिल्लामा पछिल्लो समय स्थानीयले सुन्तला खेतीसंगै नर्सरी पनि सञ्चाल गरेका छन् । गाउँगाउँमा अहिले किबी, अलैंची, सुन्तला, कागती लगायत विरुवाको व्यावसायिक खेती बढ्दै गएको छ ।
टिमुर, कागती, सुन्तला, ओखर, अलैंची लगायत बिरुवाको नर्सरी स्थापना गरी आम्दानी गरिरहेका छन । गाउँगाउँमा अहिले किबी, अलैंची, सुन्तला, कागतीलगायत फलफूलको व्यावसायिक खेती बढेको छ । जिल्लामा आवश्यक पर्ने विरुवा नर्सरीबाटै लिने गरिएको छ भने यो व्यवसाय पनि फस्टाएको छ । अहिले जिल्लाका अधिकांश स्थानमा साना ठुला नर्सरी स्थापना गरिएका छन । नर्सरीबाट प्रतिपरिवार वार्षिक १ लाख देखि २० लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन । पहिले जिल्ला बाहिरबाट फलफुलका विरुवा ल्याएर लगाउने गरिएको थियो । अहिले जिल्लामा नै नर्सरी सन्चालन भएपछि जिल्ला विरुवा उत्पादनमा आत्मा निर्भर बन्दै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख टंकप्रसाद रिजालले बताउनु भयो ।
राराखबर । २०७६, १५ माघ बुधबार