समावेसीलाई लत्याएको भन्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालय सेवा आयोगको कार्यालयमा तालावन्दी

indexराराखवर संवाददाता
सुर्खेत, ९ जेठ ।
समावेसी मान्यता विपरीत स्थायी पदपुर्ति प्रक्रिया अघि वढाएको भन्दै शिक्षकहरुले मध्यपश्चिमाञ्चल विश्वविद्यालय सेवा आयोगको कार्यालय सुर्खेतमा अनिश्चितकालिन तालावन्दी गरेका छन ।
विश्वविद्यालयले गत बैशाख २५ र २६ गते स्थायी पदपूर्तिको लागि खोलेको विज्ञापन समावेसी नभएकोले तत्काल खारेज गरी समावेसी विज्ञापन गर्न माग गदै सेवा आयोगको कार्यालयमा तालावन्दी गरिएको शिक्षकहरुले जनाएका छन । विश्वविद्यालयले राजनीतिक आग्रह पूर्वाग्रहवाट प्रेरित हुदै समावेसीलाई लत्याएर विभेदकारी विज्ञापन गरेकोले तालावन्दी गर्नु परेको संयुक्त प्रध्यापक संघर्ष समितिका संयोजक कमल सिंहले वताउनु भयो । उहाँले आफना मान्छेलाई भर्ति गर्ने उदेश्यले पढाइ नै नहुने र जना मात्र विद्यार्थी भएको विषयमा पनि खुला, आन्तिरिक र विषेश आन्तरिकको विज्ञापन गरिएको उल्लेख गर्नुभयो ।
विश्वविद्यालयमा कार्यरत आम प्रध्यापकको भावना विपरीत समावेसी सिद्धान्तलाई लत्याउदै अघि वढाइएको स्थायी पदपुर्तिको प्रक्रिया खारेज गरी समावेसी प्रक्रियावाट अघि नवढेसम्म तालावन्दी नखोल्ने समितिले जनाएको छ । विश्वविद्यालयले शिक्षक नियुक्ती लागि तयार पारिएको कार्यविधी नै स्तरीय मापदण्ड विपरीत रहेकोले तालावन्दीमा उर्तिणु परेको नेपाल राष्ट्रिय प्रध्यापक संगठनका अध्यक्ष भीमवहादुर खड्काले वताउनु भयो ।
उनीहरुले आफुहरुले अघि सारेको माग पुरा नभए थप संर्घष गर्ने चेतावनी समेत दिएका छन । उनीहरुले पूर्ण समावेसी रुपमा विज्ञापन गर्नुपर्ने, विगतमा विभिन्न समयमा भएका विश्वविद्यालय र प्रध्यापक संघसंगठनहरुवीच भएको सहमति अनुसार चल्नु पर्नेमा समेत जोड दिएका छन ।
राज्यका सवै निकायहरुमा समावेशी प्रतिनिधित्व गराउनुपर्ने कानुनी व्यवस्था भएपनि विश्वविद्यालयले विना प्रतिस्पर्धा राजनीतिक भागवन्डाका आधारमा नियुक्त गरिएका शिक्षक÷ कर्मचारीलाई सिधै स्थायी गर्ने मनसायले समावेशी मान्यता विपरीत विशेष आन्तरिक र आन्तरिकमात्र भनेर विज्ञापन खोलेको छ उनीहरुले गुनासो गरेका छन । राजनीतिक भागवन्डाको आधारमा राखिएका शिक्षक कर्मचारीको टाउका गनेर पद सृजना गरी विज्ञापन खोलिएको शिक्षकहरुले आरोप लगाएका छन ।




फेसबुकबाट तपाईको प्रतिक्रिया