बद्री पन्त
जाजरकोट
जाजरकोटको दुर्गम बारेकोट गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । यातायातको पहु“च नहुदा बारेकोटका जनता २-३ दिन पैदल हिडेर सदरमुकाम खंलगासम्म पुग्नु पर्ने वाध्य थियो । अहिले सडक पुगेपछि स्थानीयलाई थाप्लोमा भारी बोकेर पैदल हिड्नु पर्ने दिनको अन्त्य भएको छ । समृद्धीको पहिलो आधार सडक निर्माण र बिस्तारलाई पहिलो प्राथमिकतामा राखेर पालिकाले काम गरेको थियो । अहिले मोटरबाटो पुगेपछि बारेकोटी जनतामा खुसी छाएको छ ।
जाजरकोट सदरमुकाम खलंगा देखि ७० किलोमीटरको दुरीमा रहेको बारेकोट गाउँपालिका जिल्लाको सबै भन्दा दुर्गम गाउँपालिका मानिन्छ । नलगाड हाइडोपावर कम्पनीको कालीमाठी देखि सिर्के-कालिमाटी खारा सेपुखोला पहु“चमार्ग तथा कुशेको समाइला हान्नेसल्ला हुदै गाउँपालिकाको केन्द्र लिम्सा सडक निर्माण भएपछि बारेकोट सडक सञ्जालसंग जोडिएको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु भयो । बारेकोटको सिमाना ध्यापाटाकुरा देखि गाउपालिका केन्द्र लिम्सासम्मको १३ किलोमिटर सडक गाउँपालिकाले बनाएको हो भने कालीमाठी देखि सिर्के २४ किलोमिटर तथा कालिमाटी खारा सेपुखोला पहु“चमार्गको ११ किलोमिटर सडक नलगाड हाइडोपावर कम्पनीले सडक निर्माण गरेको अध्यक्ष शाहको भनाइ छ ।
सडक सञ्जाल जोडिए पछि यातायात सन्चालनमा आउनुको साथै दैनिक उपभोग्य बस्तु ढुवानीमा गर्न र स्थानीयलाई आउजाउ गर्न सहज भएको बारेकोट ९ सक्लाका करबहादुर महताराले बताउनु भयो । सडक पुगेपछि सदीऔं देखि बारेकोटबासीले भोग्दै आएको पिडा अन्य भएको बारेकोट २ का मानबहादुर सिंहले बताउनु भयो । घरछेउबाटै मोटर चल्न थालेपछि निकै खुसि भएको सिंहको भनाई छ ।
दैनिक उपभोग्य बस्तुको ढुवानी गर्न घोडा खच्चडकै विकल्प थियो अहिले ट्याक्टरबाट ढुवानी हुदा ढुवानी लागत घटेको घाटका व्यापारी दानबहानुर शाहीले बताउनु भयो । यातायात सुविधा पुगेपछि दैनिक उपभोग्य बस्तुको मुल्य सस्तीएको छ, शाहीले भन्नु भयो । भौगोलिक विकटता र आर्थिक विपन्नताबाट पिरोलिएको बारेकोट सडक सञ्जालमा जोडिए पछि स्थानीयले परिवर्तनको अनुभुति गरेका छन । भौगोलिक विकट्ताले पछि परेको बारेकोट भएपनि गाउँपालिकाले सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेको थियो । बारेकोटका ९ मध्ये ७ वटा वडाको केन्द्रसम्म सडक जोडिएको छ । कृषि, पर्यटन, जलश्रोत, जडीवुटी, खनिज लगायतमा राम्रो सम्भावना वोकेको बारेकोट सडक निर्माणसंगै स्थानीयको समृद्धी बढ्ने देखिन्छ । कृषि अन्र्तगत गाभा, टिमुर, ओखर, किबी, अलैची लगायतको उर्वर भुमि मानिन्छ बारेकोट ।
राराखबर । २०७७, ३ पुष शुक्रबार