शाहीले दिए जाजरकोटका विद्यार्थीलाई न्यानो सुइटर

पदम केसी
जाजरकोट
सुर्खेतका युवा समाजसेवी बखत शाहीले जाजरकोटका सय जना विपन्न विद्यार्थीलाई न्यानो सुइटर प्रदान गरेका छन् ।

सामाजिक काममा निकै सक्रिय शाहीले नलगाड नगरपालिका –६, पिउलीस्थीति जनप्रिय प्राथमिक विद्यालयका विद्यार्थीलाई सुइटर सहयोग गरेका हुन ।


उनले सहयोग गरेका सुइटर शनिवार एक कार्यक्रमका वीच नेपाल यूवा परिषद जाजरकोटका संयोजक प्रविन विकले विद्याथलयमै पुगेर विद्यार्थीलाई हस्तान्तरण गरेका छन् ।
वीवीसी नेपाली सेवामा कार्यरत प्रकाश पन्तको पहलमा शाहीले सयजना विपन्न विद्यार्थीलाई सुइटर सहयोग गरेका युवा परिषद जाजरकोटले जनाएको छ ।

उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतमा कार्यरत शाहीले विद्यार्थीलाई झण्डै ५० हजार रुपैया सुइटर सहयोग गरेको बताए ।


विद्यालयमा अध्यनरत विद्यार्थीहरु दलित र जनजाति समुदायका रहेको पनि संयोजक विकले बताए ।

आफ्नो बारीको उव्जनीले तीन महिना मात्र खान पुग्ने भएकोले त्यहाँका अधिकाश मानिस कामको खोजीमा बर्षेनि कालापार जाने गर्छन् ।

आर्थिक रुपमा विपन्न समुदायको बसोवास भएकोले पिउलीका विद्यार्थीलाई सुइटर प्रदान गरिएको संयोजक विकले बताए ।


युवा समाजसेवी शाहीले सुर्खेतका विभिन्न विद्यालयमा अक्षयकोष स्थापना गर्नुको साथै व्यक्तिगत खर्चमा गाउँलेको लागि खानेपानी योजना पनि बनाएका छन् । सुइटर पाएपछि विद्यार्थी र तिनका अभिभावकले सुइटर सहयोग गर्ने शाहीलाई हृदयदेखि नै आभार र धन्यवाद दिएका छन् ।


यस्तै सुइटरको लागि पहल बीबीसीका पत्रकार प्रकाश पन्त र समन्वय युवा परिषद र त्यसका जाजरकोट संयोजक प्रविण्न विकलाई पनि हृदयदेखिनै आभार व्यक्त गरेका छन् ।

उनीहरुले आगामी दिनमा पनि यस्ता सहयोग पाउँने आशा व्यक्त गरेका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया