सोलार र सुधारिएको चुलो जडान गरिदिने भन्दै ठगि गर्ने चार जना पक्राउ

जाजरकोट
सौर्य उर्जा (सोलार) र सुधारिएको चुलो जडान गरिदिने भन्दै नक्कली कागजात बनाएर ठगि गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बारेकोट गाउँपालिका र नलगाड नगरपालिकाका विभिन्न वडाबाट रकम संकलन गरेर स्थानीयलाई ठगि गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
चन्दननाथ नगरपालिका ९, जुम्ला स्थायी ठेगाना भइ हाल नेपालगञ्ज उपमहानगरपालिका १८ बस्ने बर्ष २६ का यज्ञप्रसाद रेग्मी र सोही ठाँउका ३३ बर्षिय लक्ष्मीप्रसाद हमाल, बारेकोट १ रामीडाँडाका ४० बर्षीय हरिचन्द्र बस्नेत र सोही ठाँउका ३३ बर्षिय मानबहादुर महतारा रहेको प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले बताउनु भएको छ ।


उनीहरुको साथबाट ४ लाख ५० हजार रुपैंया पनि बरामद भएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भैरहेको थापाले जानकारी दिनु भयो ।
नलगाड नगरपालिकाले ग्रामिण विकास तथा क्लीन इन्भरमेन्ट नेपाल नामक संस्थालाई सोलार वितरणका लागि अनुमति दिएपछि स्थानीय भ्रममा परेका थिए ।
नगरको अनमुति अनुसार वडाध्यक्षहरुले नै अतिविपन्न परिवारका लागि ८० वाट क्षमताको सौर्य उर्जा र ३५ केजी तौलको सुधारिएको चुलो जडान गरिदिने भन्दै प्रत्येक घरधुरीबाट तीन हजार सात सय ५० रुपैया संकलन गरेका थिए ।
सोलार र चुलोको मुल्य २५ हजार पर्ने भएपनि २१ हजार दुई सय ५० बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र र ग्रामिण विकास तथा क्लीन इन्भरमेन्टले ब्यहोर्ने भन्दैै झुक्याएका थिए ।
तर वडाध्यक्षहरुले नगद बुझेको नगदी रसिद नदिएर सामान बुझेको भरपाई गराएका थिए ।एउटै वडाबाट ६ लाख रुपैयासम्म संकलन भैसकेको स्थानियको छवि पन्तले बताउनु भयो ।

नलगाडका १३ वटै वडाबाट संकलन गरिएको रकम वडाध्यक्ष मार्फत उक्त संस्थालाई बैक मार्फत पठाउने फारम भरेको ४५ दिन भित्र समान उपलब्ध गराउने उल्लेख गरिएको छ ।
भरपाई लगायतका कुरामा समेत संकास्पद देखिएपछि उनीहरुको ठगि धन्दा सार्वजनिक भएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु भयो ।
संस्थाको आधिकारिकता बुझ्दै नबुझी अनुमति दिएकोले स्थानीय ठगिन पुगेको शाहले भन्नु भयो ।
आफ्नो संस्थाको नाम जोडेर रकम संकलन गरिरहेको जानकारी पाएपछि बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले आइतवार एक विज्ञप्ती प्रकाशित गरि केन्द्रको कुनै सहकार्य, समन्वय र साझेदारी नरहेको स्पष्ट पारेको छ । केन्द्रका नायव कार्यकारी निर्देशक तथा प्रवक्ता नवराज ढकालले अनाधिकृत दुष्प्रचार र गलत कार्य गर्ने संस्था सँग सजग रहन आग्रह गर्नु भएको छ ।


विज्ञप्तीमा भनिएको छ ‘ग्रामिण विकास तथा क्लीन इन्भरमेन्ट नेपाल नामक संस्थाले अनाधिकृत रुपमा बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्य रहेको दुष्प्रयास गदै जाजरकोट लगायतका केही जिल्लाका विभिन्न समुदाय, घरधुरीबाट सौर्य उर्जा र सुधारिएको चुलो जडानको लागि अमन इन्टेरियर एण्ड डेकोरेशन विजनेश ग्रुप नामक संस्थालाई जिम्मेवारी दिइएको भनी रकम संकलन गरेको जानकारी प्राप्त भएकोले उक्त सँस्थासँग यस बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको कुनै समन्वय, सहकार्य र साझेदारी नरहेको तथ्य सवै सरोकारवालाहरुलाई जानकारी गराउँदछौ भनीएको छ ।’
जाजरकोटमा यस अघि पनि ठगि गर्ने ग्रीरोह पक्राउ परेका थिए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया