सुर्खेत
प्रदेश अस्पताल सुर्खेतमा न्यूरो सर्जरी सेवा सुरु भएको छ । अस्पतालले यो सेवा संचालन गरेपछि कर्णालीबासीलाई धेरै राहात हुने देखिन्छ ।
ट्रमा सेन्टर काठमाडौमा कार्यरत वरिष्ठ न्यूरो सर्जन डाक्टर निलमकुमार खड्का आएपछि उक्त सेवा संचालन गरिएको अस्पतालका निर्देशक डाक्टर डम्वर खड्काले बताए ।
लकडाउनको अवधिमा १२–१५ जना विरामीको उपचार र दुई जनाको शल्यक्रिया गरिएको वरिष्ठ न्यूरो सर्जन डाक्टर निलमकुमार खड्काले बताए ।
न्यूरो सर्जरी सेवा संचालन भएपछि उपचारका लागि नेपालगंज, काठमाडौ र लखनउ जानु पर्ने बाध्यता हटेको अस्पतालका निर्देशक डा. खड्काले बताए ।
नेपालगंज, काठमाडौ, लखनउ हुने सेवा सुर्खेतमै पाउँनु खुशीको भएको हो, उनले भने, बाहिर जाँदा लाखै खर्च हुन्थ्यो । दुःख पनि त्यतिनै हुन्थ्यो ।
निर्देशक खड्काले न्यरो सर्जरी सेवालाई प्रभावकारी रुपमा संचालन गर्न आवश्यक उपकरणका साथै वेडहरुको पनि व्यवस्था गर्न लागिएको जानकारी दिए ।

अप्रेसनपछि आइसीयूमा राखिएका विरामीको उपचार गदै बरिष्ठ न्यूरो सर्जन डा. निलमकुमार खड्कासहित स्वास्थ्यकर्मी
खुशी र गौरव
वरिष्ठ न्यूरो सर्जन प्रदेश अस्पतालमा सेवाको लागि आउनु कर्णालीबासीको लागि खुशी र गौरवको कुरा भएको पनि उनले बताए ।
घरको छत, रुख, भीरबाट लडेर टाउँकोमा रगत जमेका, टाउको चोट लागेका, ढाड भाँचिएका विरामीको उपचार गरिएको उनले जानकारी दिए ।
ल्क डाउनकै अवधिमा टाउकोमा रगत जमेको र ठाउँको हडेडी फुटेका दैलेख र सुर्खेतका एक जना युवा र एक जना बालकको सफल अप्रेसन गरिएको डाक्टर निलमले बताए ।

वरिष्ठ न्यूरो सर्जन डाक्टर निलमकुमार खड्का
उनले भने, ब्रेन ट्यूमर र ढाडको ट्यूमरबाहेक अरु शल्यक्रिया अस्पतालमै गर्न सकिन्छ । अस्पतालले न्यूरो सर्जन सेवा संचालनमा गरेपछि विरामीका आफन्तले धेरै खुशी व्यक्त गरेका छन् ।
७ बर्षिय छोराको ठाउँको अप्रेसन गरेका व्यक्ति प्रदेश अस्पतालमा न्यूरो सर्जरी सेवा हाम्रो लागि खुशीको कुरा भएको बताउँछन् ।
उनी भन्छन्, अस्पतालमा न्यूरो सेवा संचालन नभएको भए यो कोरोनाको समयमा छोरालाई बाहिर लिएर जानु पथ्र्यो । बाहिर पनि उपचार हुन्थ्यो कि हुदैन्थ्यो । यहाँ निःशुल्कै अप्रेसन भयो । पैसा पनि खर्च भएन, उपचार पनि समयमै भयो । छोरालाई बाँच्यो ।
अस्पताल र डाक्टर आफ्नो लागि भगवानै बनेर आएको अनुभूति भएको उनले बताए ।
राराखबर । २०७८, २२ जेष्ठ शनिबार