माया पन्त
जाजरकोट
बर्षौदेखि शुद्ध खानेपानीको सुविधाबाट बन्चित रहेका जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर -४, औलका स्थानीयले शुद्ध खानेपानीको सुविधा पाएका छन् ।
गाउँका ४६ घरपरिवारले प्रत्यक्ष रुपमा लाभान्वीत भएको छन् । पानीको सुविधा पुगेपछि विशेष गरी महिलालाई समयको बचत हुनुको साथै दैनिक घरव्यवहार चलाउन धेरै सहज भएको हो ।
नेपाल जलवायु परिवर्तन सहयोय कार्यक्रमको ४७ लाख लागतमा तिपतिपे औल खानेपानी योजना निर्माणकार्य सम्पन्न भएको हो । ४६ घरधुरीमा र रामभक्त प्राथामिक विद्यालयमा खानेपानी सुविधा पुगेको निर्माण समितिका अध्यक्ष तिलबहादुर रावलले बताए ।
४ किलोमिटर मीटर टाढा तिपतिपे खोला मुहानबाट पानी ल्याइएको वडाध्यक्ष बद्री पन्तले बताए । उनले भने, खानेपानीको धेरै समस्या थियो, अब देखि समाधान भएको छ ।
खानेपानी आयोजनालाई दिर्घकालिन रुपमा टिकाइ राख्न र सन्चालन गर्न स्थानीय उपभोक्ता पनि जिम्मेवार बन्नु पर्ने वडाध्यक्ष पन्तको भनाई छ । नलगाड नगरपालिकाका निवर्तमान मेयर टेकबहादुर रावलको पहलमा उक्त खानेपानी योजना निर्माण भएको पनि उनले बताए ।
पानी नहुँदा लुगा धुन, नुहाउन, चर्पीमा पानी प्रयोग र अन्य सरसफाई गर्न निकै समस्या भोगेका स्थानीयको अव त्यस्तो समस्या नहुने विस्वास गरेको स्थानीय जयबहादुर रावलले बताए ।
शुद्ध पानीको अभावमा झाडापखाला लगायतका पानीजन्य रोगको प्रकोपबाट पिडित वनेका स्थानीय अबदेखि मुक्ती पाउने भएका छन ।
उक्त खानेपानीबाट ४६ घरधुरिलाई पायक पर्ने गरी मिटर जडित धारा र फोहोर पानी जम्मा हुने खाडल निर्माण गरिएको समाजसेवी प्रेमबहादुर रावलले बताए ।
राराखबर । २०७९, ३१ असार शुक्रबार