प्रधानमंत्री ओली व्यस्थ कार्यतालिका लिएर सुर्खेत आउँदै

kp-oliराराखवर संवाददाता
सुर्खेत, १७ जेठ ।
प्रधानमंत्री खड्कप्रसाद शर्मा ओली प्रधानमंत्री भएपछि पहिलो पटक सुर्खेत आउन लाग्नु भएको छ । सुर्खेतमा प्रधानमंत्रीको एकदमै व्यस्थ कार्य तालिका रहेको छ ।
यही जेठ २५ गते सुर्खेत आउन लाग्नु भएका प्रधानमंत्रीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सिनेटको अध्यक्षता गर्ने, विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवनको सिलन्यास गर्ने कार्यक्रम रहेको छ । नेकपा एमालेका अध्यक्ष समेत रहनु भएका प्रधानमंत्री ओलीले सुर्खेत एमालेले वीरेन्द्रनगरमा गर्ने आमसभालाई सम्वोदन गर्ने कार्यक्रम रहेको एमालेका नगर अध्यक्ष निलकन्ठ खनालले वताउनु भयो ।
निर्माण भएको लामोसम्म पनि संचालनमा आउन हुन नसकेको मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँको नयाँ भवनको समेत प्रधानमंत्रीले उद्घाटन गर्नु हुने वताएको छ । विश्वविद्यालयको कुलपतिको हैसियतले सुर्खेत आउन लाग्नु भएका प्रधानमंत्रीले विश्वविद्यालयको पाँचौ सभाको अध्यक्षता गर्नु हुनेछ । २३ करोडको लागतमा केन्द्रीय प्रशासनिक भवन निर्माण हुदैछ । प्रधानमंत्रीले विश्वविद्यालयको २० वर्षे रणनीतिक योजनाको पनि विमोचन गर्ने उल्लेख गरिएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया