वडाध्यक्ष पन्तको पहलमा स्वास्थ्य चौकीमा औषधी

जाजरकोट
नलगाड नगरपालिका ४ का वडाध्यक्ष बद्री पन्तको पलहमा स्वास्थ्य चौकी लहँमा औषधीको अभाव हटेको छ । स्वास्थ्य चौकीमा औंषधी अभाव भएको जानकारी पाएपछि उनले स्वास्थ्य सेवा कार्यालय जाजरकोटलाई आवश्यक औषधी उपलव्ध गराउन आग्रह गरेका थिए ।

स्वास्थ्य चौकीका सिनियर अहेव दिनेश रावललाई औषधी हस्तान्तरण गर्दै वडाध्यक्ष बद्री पन्त ।

वडाध्यक्षको आग्रह अनुसार कार्यालयले १५०० ट्याब्लेट पारा सिटामोल र सय प्याकेट जीवनजल स्वास्थ्य चौकीलाई उपलब्ध गराएको थियो । वडाध्यक्ष पन्तले उक्त औषधी आफैले लिएर स्वास्थ्य चौकीका सिनियर अहेव दिनेश रावललाई हस्तान्तरण गरेका थिए ।

केही समयअघि वडाध्यक्षकै पहलमा स्वास्थ्य चौकीको प्रसुती गृहको लागि ल्याइएको सुत्केरी वेड ।

अहेव रावलले औषधीको अभाव हटाउन आवश्यक पहल गरेको भन्दै वडाध्यक्षलाई आभार व्यक्त गरेका थिए । उनले भने, हामीले औषधी अभाव छ भनेका थियौ उहाँले औषधी नै ल्याएर आउनु भयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया